६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अलबिदा आत्मीय साथी

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले नेता सिंहलाई ३ महिनासम्म अज्ञात ठाउँमा थुनेर राख्दा पनि प्रजातन्त्रप्रतिको निष्ठा उनले त्यागेनन्।

अलबिदा आनन्ददेव

नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिका पक्षधर भट्ट सरले कलेजमा शिक्षक मात्र नभई जीवन र जगत्लाई बुझ्न सक्ने विद्यार्थी पनि उत्पादन गरे। चेतना भरे। क्याम्पसबाट सीधै वासस्थान नफर्की समाजमा पुग्थे।

अलबिदा म्याराडोना

छोटो समयमा नै म्याराडोनाले सारा विश्वलाई आफ्नो खेल कौशलबाट प्रभावित पारेका थिए। त्यसैले पनि उनी यस शताब्दीका खेलकर्मी र फुटबलरको मनमस्तिष्कमा रहे/रहिरहनेछन्।

अलबिदा अधिकारी

ताप्लेजुङमा बुधबार भएको हवाइ दुर्घटनामा परी नेपाली राजनीतिका उदीयमान युवा नेता रविन्द्र अधिकारीसहित सातजनाको दुःखद निधनले सबैलाई गहिरो चोट लागेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले युवावस्थामै हासिल गरेको राजनीतिक उचाइ उनका सहयात्रीका निम्ति समेत लोभलाग्दो रहेको छ। मुलुकको विकासमा रुचि राख्ने यी युवा मन्त्रीले आफ्नो रुचिकै क्षेत्रको जिम्मेवारी पाउँदा तुफानी गतिमा कामसमेत गरिरहेका थिए।देशभरिका विमानस्थलको स्तरोन्नति, सञ्चालन र व्यवस्थित गर्ने काममा उनी सक्रिय भएको देखिन्थ्यो।

अलबिदा, सगरमाथा चुम्ने प्रथम महिला!

ताबेई सन् १९७५ मे १६ (२०३२ जेठ २) मा सगरमाथामा विजयी झन्डा फहर्‍याई सर्वोच्च  शिखर पुग्ने पहिलो महिला बनेकी थिइन्। त्यसबेला उनी ३५ वर्षकी थिइन्। गत बिहीबार (कात्तिक ४ गते) निधन हुँदा उनी ७७ वर्षकी थिइन्। उनी चार वर्षदेखि क्यान्सरसँग लडिरहेकी थिइन्। ताबेईको साहसिक कदम पछ्याउँदै नेपालकी पासाङल्हामु शेर्पा सन् १९९३ मा सगरमाथा शिखर पुग्ने पहिलो नेपाली महिला बनेकी थिइन्।

'अलबिदा लोकमान, अख्तियारलाई जीवनदान!' भन्दै प्रदर्शन हुने

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्धमा भोली शनिबार प्रदर्शन हुने भएको छ। 'अलबिदा लोकमान, अख्तियारलाई जीवनदान!' नारा दिँदै शनिबार ११ बजे माइतिघरमा प्रदर्शन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्