coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कर्णालीको पानी बाँड्दै लुम्बिनी र सुदूरपश्चिम

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमा–साँधमा रहेको कर्णाली नदीको प्राकृतिक स्रोत बाँडफाँटमा समस्या भएको छ।

सीमा विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच छलफल

सुदूर पश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ।

कर्णाली नदीमा पानीको बहाव बढ्दैः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

कोठियाघाट नयाँ गन्तव्य

कर्णाली नदीको तीर कोठियाघाट शीतल छ। कोठियाघाटमा शनिबार बढी भिड हुन्छ। पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट।

कर्णाली नदीको बगर जमिनलाई मुआब्जा दिने तयारी

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम किनारा भएर बग्ने कर्णाली नदीको गेरुवा भंगालोले बगरमा परिणत गरेको जग्गाको मुआब्जा दिएर नेपाल बिद्युत प्राधिकरणले निकुञ्जले अधिग्रहण गर्ने गरी प्रक्रिया अघि बढाएको हो।

भाइरल पुलको वास्तविकता

‘त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन। बाढीपहिरोले पुलको आधा भागको लठ्ठाबाहेक सबै बगाएको थियो।' मल्लले भने, 'पुलमा लठ्ठामात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भर्‍याङबाट भए पनि पुलमा आउ-जाउ गर्न सहज बनाइदिएको हुँ।'

कर्णालीमा पानीको सतह घट्दै तर खतराको तह भन्दा माथि नै

कर्णाली नदीमा पानीको सतह घट्दो क्रममा भएपनि खतराको तह भन्दा माथि नै छ। अहिले पानीको सतह ११ दशमलव २२ मिटर रहेको छ। यो खतराको तह भन्दा माथि नै हो।

उर्लियो कर्णाली: तटिय क्षेत्र डुबानमा, सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिदै

कर्णाली नदीमा पानीको सतह खतराको लेभल भन्दा निकै माथि पुगेको छ। अहिले १२ बजेको मापन अनुसार नदीमा पानीको सहत १२ दशमलव ४१ मिटर पुगेको छ। यो खतराको लेभल भन्दा निकै धेरै हो।

कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गर्‍यो

कर्णाली नदीमा पानीको सतहले खतराको तहपार गरेको छ। अहिले ४ बजेको मापन अनुसार नदीको सतह ११ दशमलव १० मिटर पुगेको चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले जानकारी दिएकी छन्।

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्