१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सडकको कालोपत्रे साता दिनमै उक्कियो

पर्वत-सडक कालोपत्रे गरेको एक सातामै उक्किएको छ। दोबिल्लादेखि–फलेवास जाने सडक गत असारदेखि कालोपत्रे सुरु गरिएपनि एक साताअघि गरिएको कालोपत्रे उक्किएको हो। कच्ची सडक निर्माण सुरु भएको दुई दशकपछि सुरु भएको कालोपत्रे उक्किएपछि पछि स्थानीयले बिरोध गरेका छन्।

गम्भीर देखिएकै हो सडक दुर्घटनामा?

कुनै सडक दुर्घटना भएपछि केही दिनसम्म सरकारका निकायहरु नियम कानुन कडा किसिमले लागु गर्न क्रियाशील देखिन्छन् तर दिन बित्दै जाँदा उनीहरुको क्रियाशीलता आलश्यमा परिणत हुँदै जान्छ। अहिलेसम्म सरकारको तौरतरिकामा त्यही प्रक्रिया दोहोरिँदै आएको छ।

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका-११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

उत्तरी जाम्बियामा सडक दुर्घटना, चौबिस जनाको मृत्यु

उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ। शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो।

बर्दियामा हुलाकी सडक वर्षौंदेखि अलपत्र

मर्मतसम्भार अभावले हुलाकी सडक जीर्ण बन्दै गएपछि सर्वसाधरणले सास्ती खेप्नु परेको छ। निर्माणाधीन सडकको काम भारतीय ठेकेदारले ठप्प पारेपछि यसको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। सडकमा ठूला खाडल हुँदा पैदल हिँड्न समेत गाह्रो छ।

इदका अवसरमा दिइएका बलीका कारण ढाकामा सडक रगताम्मे

मुस्लिमहरुको ठूलो चाड मनाउने क्रममा दिइएको बलीका कारण ढाकाका सडकसमेत रगताम्मे हुन पुगेका छन्।

ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्छः मन्त्री पाण्डे

भूमिसुधार मन्त्री विक्रम पाण्डेले ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्ने बताएका छन्। समग्र ठोरीको विकासको माग लिएर राजधानीमा रहेको प्रतिनिधी टोलीसँगको बुधबारको भेटमा मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले ठोरी–माडी–भरतपुर सडकखण्डमा पर्ने सबै खोलामा एक वर्ष भित्र पुल निर्माण भैसक्ने बताएको भेटमा सहभागी नेता रामप्रकाश कुवँरले जानकारी दिए।

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

महोत्तरी-जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्।

यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)

राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

सडक सकसमा सहर

राजधानी उपत्यका मात्र होइन, देशैभरि सडकको दुरवस्था छ। राजधानीमा बस्नेले समेत स्तरीय सडक उपयोग गर्न नपाएको वर्षौं भइसकेको छ। राजधानी काठमाडौंको मुख्य क्षेत्रका सडकले २०७१ मंसिरमा सार्क शिखर सम्मेलन आयोजनाका बेला मुहार फेर्ने अवसर पाएका हुन्।

सडकमा कराएर हाम्रो राष्ट्रिय स्वार्थ रक्षा हुँदैन

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले एउटा गम्भीर मोडमा मुलुकको कूटनीति हाँक्ने जिम्मेवारी पाएका छन् । छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने चिन्तन मुलुकमा यतिबेला सुरु भएको छ ।

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक स्तरोन्नति हुने भएको छ । सडक जीर्ण हुँदा वर्षौंदेखि सास्ती खेप्न बाध्य जिल्लावासी स्तरोन्नति हुने भएपछि खुसी देखिन्छन् तर ढुक्कै भने अझै हुन सकेका छैनन् । सडक कालोपत्रे आयोजनाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरे । मन्त्री लेखक शिलान्यासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद तथा नेताहरूको टोली लिएर जलेश्वर आएका थिए ।

बाढीले सडक बगाएपछि मनाङको यातायात सेवा अवरुद्ध

लमजुङ- अविरल वर्षासँगै आएको वाढीले सडकखण्ड बगाएपछि जिल्लाको उत्तरीभेग हुँदै हिमालपारीको जिल्ला मनाङसम्मको यातयात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ।

अमेरिकामा दर्जनौं पंक्षी एक्कासी सडकमा मृत भेटिए, अनुसन्धान सुरु

अमेरिकाको बोस्टन सहरमाथि उडीरहेका दर्जनौँ चरा एक्कासी बोस्टनको सडकमा खसेपछि म्यासेचुसेटस्का स्वास्थ्य अधिकारीले यसबारे अनुसन्धान अघि बढाएका छन् ।

सडक : सहज या सकस?

माओवादीको सशस्त्र युद्धमा जति मारिए, सात वर्षमा सडक दुर्घटनाबाट त्यति नै मारिए। गएको भूकम्पमा जति मारिए, ४ वर्षमा सडक दुर्घटनाबाट त्यति नै मारिए। के यो भयाबह चित्र होइन? यस्तो अवस्थामा हाम्रा निकाय किनाराका साक्षीमात्र बनेर बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्