१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

उपत्यकाका सडकबारे विकास समितिमा गुनासोका चाङ

उपत्यकामा विस्तार गरिएका सडक लामो समयमा पूरा नभएकाकारण ट्राफिक जाम, धुलोजस्ता समस्या बढेकाले छिटो काम सक्न निर्देशन दिइएको छ । व्यवस्थापिका–संसद्को विकास समितिको बिहीबारको बैठकमा सडक विस्तारसँग सम्बन्धित विषयमा छलफलपछि सहरी विकास मन्त्रालयसहितका निकायलाई सडक विस्तारको काम समन्वय गरेर गर्न निर्देशन दिइएको हो ।

चिन्ता सडक सुरक्षाको

केही दिनअघि नागवेली परेको धुलिखेल—सिन्धुली—बर्दिवास सडक भएर यात्रा गर्दा मनमा निकै तर्कना आए । काठमाडौं छिर्न डरलाग्दा भीर छल्ने उपायका रूपमा उक्त सडक बन्दैछ भन्ने सुनेको करिब दुई दशकपछि सार्वजनिक प्रयोगमा आएको सो सडकमा कुद्ने अवसरले मनमा अनौठो कौतुहल जन्माउनु स्वाभाविकै थियो ।

धरान- धनकुटा सडक खण्डमा बस दुर्घटना, यात्रु सामान्य घाइते

म्याङलुङबाट धरान हिँडेको बस धनकुटाको हिले नजिकैको सुकेपोखरीमा बुधबार दिउँसो0 दुर्घटना भएको छ।

मुखर्जी भ्रमणका बेला कुन-कुन सडक प्रभावित हुन्छन्?

भारतीय राषट्रपति प्रणव मुखर्जीकाे नेपाल भ्रमणाका समयमा सवारीका लागि प्रयाेग हुने सडकहरू प्रभावित हुने भएकाे भन्दै नेपाल प्रहरीले सर्वसाधारणाका लागि वैकल्पिक सडक प्रयाेग गर्न सूचना जारी गरेकाे छ। बुधबार, बिहीबार र शुक्रबार अर्थात कात्तिक १७, १८ र १९ गते भारतीय राष्ट्रपतिकाे सवारी हुने सडकहरू प्रभावित हुने प्रहरीले जनाउँदै वैकल्पिक मार्ग प्रयाेग गर्न सूचना जारी गरेकाे प्रहरीले जनाएकाे छ।

भारतीय राष्ट्रपति अाउँदा सर्वसाधारणले प्रयोग गर्ने वैकल्पिक सडक कुन कुन हुन्?

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पोर्चुगलको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

गत बिहीबार  राति भएको कार दुर्घटनमा परी निधन भएका  दुई जना नेपालीहरुको शव नेपाल लगिने भएको छ।

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली

काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो।

फेसबुक दुरुपयोग रोक्न महिला सडकमा

फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालले संसारलाई जोडेको छ, विश्वलाई नै एउटा गाउँमा रुपान्तरण गर्दै पनि छ। यो सकारात्मक पक्ष हो तर, यसको दुरुपयोगले समाजमा विभिन्नखाले विकृति पनि देखापरेका छन्। कम्प्युटर, ल्यापटपबाट मात्रै नभएर खल्तीमा अटाउने मोबाइल सेटबाट सहजै चलाउन मिल्ने सामाजिक सञ्जालले कतिपय प्रयोगकर्तालाई असामाजिक पनि बनाएको छ।

सडक छिटो बनाऊ

दैनिक करिब १० हजार सवारीसाधन ओहोरदोहोर हुने नारायणगढ–मुग्लिन सडक विस्तारमा सुस्तता आउनाले लाखौँ मान्छेले सकस बेहोर्नुपरेको छ। तिनले निश्चित समयमा गन्तव्यमा पुग्न पाएका छैनन्, जोखिम पनि उत्तिकै मोल्नुपरेको छ।

महाभियोग पक्षमा सडकबाट दबाब

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव पारित गराउन सडकबाट समेत दबाब सुरु भएको छ। प्रस्ताव पारित गराउन दबाब दिन डा. गोविन्द केसी ऐक्यबद्धता अभियानले सडकमा प्रदर्शन गरेको छ।

११ विद्यार्थी संगठनद्वारा महाअभियोगको पक्षमा सडक संघर्षको घोषणा

लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रह गर्दै विभिन्न ११ राजनीतिक दलका विद्यार्थी संगठनले सडक संघर्ष थालेका छन्। उनीहरुले शुक्रबार शान्तिबाटिका नेताहरुलाई खबरदारी गर्दै एक घन्टासम्म प्रदर्शन गरेका छन्।

२० करोड खर्चेर काठमाडौँका मुख्य सडक झिलिमिली पारिने

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

हुलाकी सडक बनाउन अझै भारतकै भर

समझदारी भएको झन्डै १३ वर्षसम्म काम नगरेर नेपाललाई जिम्मा लगाएको भारतसँग सरकारले हुलाकी राजमार्गको दोस्रो चरणको काम गर्न सहयोग माग्ने तयारी गरेको छ।

मुग्लिन नारायणगढ सडक खण्डमा १८ किलोमिटर सवारी जाम

नारायणगढबाट मुग्लिन जाँदै गरेका सवारी साधनको लगभग १८ किलो मिटर लाइन लागेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ। मुग्लिनदेखि कुरिनघाट तर्फ पनि नौ किलो मिटर लाइन छ। त्यसैले आज यातायात निकै असहज हुने आयोजनाले जानकारी दिएको छ। नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खासै नगए पनि छवटा ठूला गाडी बिग्रेर बसेका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डमा जाेखिम बढेपछि हवाई यात्रुको चाप बढ्यो

ग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थाल मार्गबत्राट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन् । हावाई मार्गका यात्रु बढेकाले काठमाडौँबाट भरतपुर दैनिक एक दुई उडान भर्दै आएका बुद्ध र यती एयरलायन्सले एकै दिन १२ वटासम्म उडान भरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्