११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मुआब्जा विवादले सडक निर्माणमा अवरोध

मुआब्जा विवादले निर्माणाधीन सम्सी–गौशाला–माईस्थान सडक स्तरोन्नतिमा पाइलापिच्छे अवरोध हुन थालेको छ । मुआब्जा विवाद नटुंग्याउँदै सडक विस्तारको काम थालनी गरिएपछि अहिले आएर सडक निर्माणमा ठाउँठाउँमा अवरोध हुन थालेको हो।

मुग्लिन–नारायण सडक १० घण्टापछि खुल्यो

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टानका कारण रोकिएका सवारी राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन्।

बुटवलका सडकमा फूलबारी बन्दै

जताततै फोहर,धुलाम्मे र ट्राफिक जामले अस्तव्यस्त। हाम्रा शहरका बारेमा कुरा गर्दा दिमागमा यी विषय नाचिहाल्छन्। अब बुटवलको सडक धुलाम्मे र फोहर होइन्, सडकको दाँया—बाँया थरिथरिका फुल फुल र हरियालीले हेर्न लायक हुनेछन्।

सडकका डिभाइडर हटाउँदै उपमहानगरपालिका

नेपालगन्ज–सुर्खेत रोडमा राखिएका डिभाइडर व्यवस्थित गर्न सुरु गरिएको छ। यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवत–जावतमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

जुत्ता पालिस गर्न कांग्रेस नेता सडकमा (फोटो/भिडियो)

नेपाली कांग्रेसका नेताहरु मंगलबार नयाँ बानेश्वरमा जुत्ता पालिस गर्दै गरेका भेटिए। उनीहरु सडक पेटीमा आफ्नो जुत्ता होएइ बटुवाका जुत्ता पालिस गरिरहेका थिए। यो मंगलबारको यो दृष्यले केहीबेर त सर्वसाधारणहरु झुक्किए पनि।

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण अन्तिम चरणमा

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित यो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ । २०७२ वैशाखमा निर्माण सुरु भएको सडकको ट्र्याक खोल्ने काम सकिएको बताइएको छ ।

२९ वर्षमा पनि बनेन सीतापाइला–भीमढुंगा सडक

काठमाडौं नागार्जुन– ८ भीमढुंगास्थित घरबाट सीतापाइला चोकस्थित पसलसम्म बाइकमा पुग्दा शिव पोखरेलको शरीरभरि धुलैधुलो हुन्छ । यही बाटोबाट हिँड्दा वर्षात्का बेला भने उनी हिलाम्मे भएर पसल पुग्थे।

नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो पनि बन्द

नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारीसाधन रोकेर काम गरिने भएको छ।

भक्तपुरको वैकल्पिक सडक विस्तार शुरु

काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुँदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ।

शनिबारदेखि मुग्लिन सडक दिउँसो पनि बन्द

रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ।

दिक्तेल–चखेवा सडक कालोपत्रेले गति लिँदै

मध्यहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । लोकमार्गकै बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडकको तुलनामा दिक्तेल–चखेवा भञ्ज्याङ ४६ किलोमिटर सडक कालोपत्रेका काम अघि बढेको पाइएको छ ।

मैलुङ–स्याफ्रुवेशी सडक अन्तिम चरणमा, वैशाखमा हस्तान्तरण गरिने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी बेत्रावती मैलुङ स्याफ्रुबेशी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ। काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित मैलुङ स्याफ्रुबेशी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।

बजेट अभावले आधा दर्जन सडक निर्माण ठप्प

बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महŒवका यहाँका ६ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।

भुक्तानी नपाएको भन्दै ठेकेदारले लगाए सडक कार्यालयमा ताल्चा

निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं – १ को कार्यालयमा ताल्चा लगाएका छन्। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले आर्थिक वर्ष २०७३–७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै बुधबार कार्यालयमा ताल्चा लगाएका हुन्।

करोडौं खर्चेका सडक गुणस्तरहीन

इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्