८ वैशाख २०८१ शनिबार

गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेनः ओली

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धन सकरारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए।

अंगीकृतका हकमा निश्चित समयपछि मात्र नागरिकता पाउने व्यवस्था हुनुपर्छः अध्यक्ष ओली

शुक्रबार पार्टीको केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘नागरिकता प्राप्त नगर्दासम्मको अवधिमा बैवाहिक अंगीकृतहरुलाई बसोबासका लागि परिचय पत्र वितरण गर्ने र व्यवसायलगायत काममा लागि सहज तुल्याइनुपर्छ।’

यो गठबन्धन देशद्रोही हो: केपी ओली

बुधबार झापामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्।

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने हो: अध्यक्ष ओली

‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’,उनले भने।

केपी ओलीको गुप्तचरी गरेका छैनौं: सरकार

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गर्दै गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको बताएका हुन्।

नेकपा फुटाउन केपीले भूमिका खेले, संघीय निर्वाचनमा हाम्रो पार्टीको सिट बढ्छः माधव नेपाल

एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए। उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए।

प्रधानमन्त्रीलाई ओलीको प्रश्नः तपाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएकै हो?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘केही गर्न नसक्ने अवस्था पुग्नुभएको हो’ भन्दै प्रश्न गरेका छन्।

बजेट निर्माण प्रकरणमा सरकारलाई ओलीको प्रश्नः यसरी फुटेज डिलिट गर्न पाइन्छ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा समयका सीसीटीभी फुटेजहरु किन मेटाएको भन्दै सकारलाई प्रश्न गरेका छन्।

विजय नगरपालिकामा दोहोरिए एमालेका अध्यक्ष र उपाध्यक्ष

कपिलवस्तुको विजयनगर गाँउपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन्। २०७४ को निर्वाचनमा समेत दुवैले जितेका थिए।

नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताएका छन्।

जनताको तागत देखाउँछौः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका छन्। जनताको तागत बैशाख ३० गतेको निर्वाचनपछिको मतपरिणामले देखाउने अध्यक्ष ओलीले बताए।

ओलीद्वारा जनताको नाममा अपिल (पूर्णपाठसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको नाममा अपिल जारी गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा उनले मतदाताहरुलाई मत दिन आग्रह गर्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरे अपिल सार्वजनिक गरेका हुन्।

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रचण्डको धम्कीसँग प्रधानमन्त्री देउवा डराए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट डराएको बताएका छन्।

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्