१९ आश्विन २०८१ शनिबार
image/svg+xml

तत्काल निर्णय लिन कांग्रेस नेतृत्वलाई दबाब

नेपाली कांग्रेसका सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे निर्णय लिन तत्काल संसदीय दलको बैठक डाक्न माग गरेका छन्। महाभियोग प्रस्तावमाथि संसद्मा सैद्धान्तिक छलफल सुरु हुँदा पनि कांग्रेसले आफूलाई पक्ष वा विपक्ष कुन कित्तामा उभ्याउने भन्ने निर्णय लिन सकेको छैन।

महाभियोग पक्षमा सडकबाट दबाब

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव पारित गराउन सडकबाट समेत दबाब सुरु भएको छ। प्रस्ताव पारित गराउन दबाब दिन डा. गोविन्द केसी ऐक्यबद्धता अभियानले सडकमा प्रदर्शन गरेको छ।

लोकमान महाभियोग प्रस्तावको पक्षमा उभिन कांग्रेसमा दबाब

नेपाली कांग्रेसका नेताहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्तावको सदुपयोग गर्नुपर्ने पक्षमा देखिएका छन्।

भारतकाे दबाब झेल्न नसक्दा ५ दिनमा तीन विज्ञप्ति

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)बारे परराष्ट्र मन्त्रालयले पाँच दिनमा तीन वटा विज्ञप्ति जारी गरेर विदेश नीतिमा अस्थिरता प्रदर्शन गरेको छ। एकै विषयमा एक–एक दिनको फरकमा यसरी लगातार विज्ञप्ति आउनु र धारणामा परिवर्तन हुँदै जानुलाई विज्ञहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

वीरेन्द्रको शालिक पुनःस्थापना गर्न दबाब

स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको छ। नेपालगन्जमा बिहीबार राजतन्त्र पक्षधर तथा व्यापारी, नागरिक समाज तथा सर्वसाधारण लगायतले त्रिभुवन चोकबाट र्‍याली प्रर्दशन गरेर दबाब दिएका हुन्।

केन्द्रीय समिति बैठक बोलाउन देउवालाई दबाब

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले संविधान संशोधन, स्थानीय निकायको संरचना तथा निर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । पौडेलपक्षीय नेताको आइतबार बिहान अनामनगरमा भएको भेलाले संविधान संशोधनसहितका विषयमा पार्टीभित्र कुनै छलफल नभएको ठहर गर्दै तत्काल बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको हो ।

पार्टी एकीकरण गर्न दबाब दिन ज्ञापनपत्र

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण गर्न दबाब दिँदै राप्रपाका ४४ जिल्ला सभापतिले अध्यक्ष पशुपति शमशेर राणालाई ज्ञापनपत्र बुझाएका छन्।

एकीकरण गर्न राणालाई दबाब

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकीकरण प्रक्रिया अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपति राणामाथि फेरि दबाब बढ्न थालेको छ। पार्टी नेतासमेत रहेका पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दसहितका नेताले एकीकरणका लागि अध्यक्ष राणालाई ज्ञापनपत्र बुझाएको केही दिन बित्न नपाउँदै जिल्ला अध्यक्षहरूले दबाब दिन लागेका हुन्।

जि–२० सम्मेलन तत्काल छाड्न ओबामालाई चर्को दबाब

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चीनमा जारी जि–२० सम्मेलन तत्काल छाड्न चर्को दबाब परेको छ। अमेरिकाको आसन्न राष्ट्रपतिको चुनावका उमेद्वार रहेका डोनाल्ड ट्रम्पले चीनले ओबामाको अपमान गरेको भन्दै तत्काल जि–२० सम्मेलन तत्काल छाड्नु पर्ने धारण व्यक्त गरेका हुन्।

दबाबमा संविधान संशोधन हुँदैन: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन्।

संविधान संशोधनमा गठबन्धनको दबाब

पूर्व प्रतिबद्धताअनुरुप सरकारले संविधान संशोधनमा चासो नदिएपछि संघीय गठबन्धनले दबाबमूलक आफैं प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ अन्तिम साता भारत भ्रमण गर्नुअघि नै संशोधन प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए पनि त्यसअनुरुप व्यवहार नदेखिएको भन्दै गठबन्धनले प्रक्रिया सुरु गरेको हो।

स्थानीय निकायकाे संख्या बढाउन अायाेग अध्यक्षलाई कांग्रेसकाे दबाब

नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। अहिले जारी कांग्रेस संसदीय दलको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाइएको छ। बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए।

व्यवसायी दबाबमा नियमावली 'गायब'

यात्रुवाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो। यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्दै सार्वजनिक यातायात चालकलाई जिम्मेवार बनाउन ०७१ मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकलेे 'सार्वजनिक सवारीचालक नियमावली, २०७१' पारित गरेको थियो

'अख्तियार दबाबमा' काउन्सिलर नियुक्ति

सरकारले परम्परा मिचेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करलाई भारतका लागि इकोनोमिक काउन्सिलर नियुक्त गरेको छ। यसअघि अर्थ र वाणिज्य मन्त्रालयमा लामो अनुभव बोकेका सहसचिवमध्ये एक जनालाई काउन्सिलर नियुक्त गरिँदै आएकोमा पुस्करको नियुक्ति त्यो मान्यताविपरीत छ।

अवैधलाई स्वीकृति दिलाउन नेताको दबाब

अवैध रूपमा सञ्चालित शैक्षिक परामर्शदातृ संस्थामाथिको छानबिनमा राजनीतिक दलका नेता बाधक देखिएका छन्। अवैध संस्था सञ्चालकलाई कारबाही साटो उनीहरू तिनलाई उन्मुक्ति दिन शिक्षा मन्त्रालयमार्फत दबाब बढाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्