६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अध्यादेश आशंकाले एमालेमा तरंग

एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन टुंग्याएको आशंका गरेको छ।

आज संसद् अधिवेशन

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार (आज) सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकका अजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने बोलाएका छैनन्। बैठक बस्नुअघि सो बैठक बोलाउने/नबोलाउने भन्ने निश्चित नभएको सभामुखको सचिवालयले जनाएको छ।

नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

अध्यादेशले निम्त्याउने संकट

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्। संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला अधिवेशन नबोलाई अध्यादेश जारी गरिएपछि संसदीय मूल्य मान्यताको अपमान मात्र हैन आफ्नै दलभित्र सहमति नभई आएको अध्यादेशले राजनीतिक संकट चरम बिन्दुमा पुग्ने संकेत देखिएको छ।

संसद् अधिवेशन बोलाउन आलटाल

लामो समयसम्म संसद् अधिवेशन नहुँदा जनताको आवज सुनाउने ठाउँको रिक्तता छाएको छ। तर संघीय संसद्को अधिवेशन नभएको पाँच महिना बितिसक्दा पनि सरकारले यसबारे कुनै तयारी भने सुरु गरेको छैन। सभामुख अग्निप्रसाद सापकोटाले पनि अधिवेशन बोलाउने कुनै पहल गरेका छैनन्।

संघीय संसद् अधिवेशन: तीन वर्षयताकै लामो अन्तर, तीनै अंगका काम प्रभावित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बन्दा संघीय संसदको अधिवेशन कहिले बस्छ भन्ने अझै निश्चित हुन सकेको छैन।

संसद् अधिवेशन माग

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका छन्।

संसद् अधिवेशन छिट्टै आह्वान हुने

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गरिन्।

संसद् छल्न हठात् अधिवेशन अन्त्य

पार्टीभित्रको आन्तरिक विवादका कारण कतै आफूविरुद्ध अविश्वास प्रस्ताव आउने त होइन भन्ने भयका कारण प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गराएको विश्लेषण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्