टीकाको चौथो दिन: आज पनि मान्यजनबाट टीका र आशीर्वाद थापिँदै
आश्विनशुक्ल त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरुप टीका र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ।
आश्विनशुक्ल त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरुप टीका र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ।
आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो।
सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान समेत गरेकी थिइन्।
ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।
नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ।
निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।
भक्तपुर नगरपालिका वडा नं ९ को कमलविनायक गछेंस्थित द्योछेंमा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि दशंैमा बध गर्नका लागि खँम्ये भित्र्याइएको हो।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, नवदुर्गा जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, वनमान समाज सेवा समितिका पदाधिकारीहरु, देवगणहरु तथा सरोकारावालाहरुको मंगलबार बसेको संयुक्त बैठकले समस्या सल्टाएको हो।
भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनौटमा विवाद नमिलेपछि शुक्रबार साँझ मन्दिर परिसरमा दुई पक्षबीच झडप भएको छ।
प्रत्येक वर्ष दशैंको विजया दशमीको दिन राष्ट्रप्रमुखबाट पूजाआजा गर्न आउने भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित ऐतिहासिक मन्दिरमा नकीं छनौटमा विवाद भएपछि अदालतसम्म पुगेको छ।
विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ। ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए।
नवदुर्गा गाउँपालिकाले वडा नं. ५ को केन्द्र अहिलेसम्म तोक्न सकेको छैन। स्थानीय सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दासम्म पनि वडाको केन्द्र तोक्न नसकेको हो। पटक पटक वडा केन्द्र तोक्ने विषयमा विवाद रहदा अन्यौलता कायमै छ।
आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) बिहीबार (आज) भक्तपुरबाट सुरु हुँदैछ। प्रत्येक वर्ष भक्तपुर नगरपालिका–९, सूर्यमढीबाट नाच सुरु हुने परम्परा छ। काठमाडौं उपत्यका लगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउनको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्छ।
दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न रुपन्देही प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो।