२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे तोडफोड (फोटो फिचर)

एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।

इपिएस परीक्षाका लागि ८१ हजारको आवेदन

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ। सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन्।

परीक्षा अनुगमन टोलीलाई बाजागाजा !

एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षामा अनुगमन गर्न गएको अनुगमन टोलीलाई स्थानीले बाजागाजा सहित सम्मान गरेका छन्।

एसईई विकृति, मिलोमतोमा चिट

सिरहा लहानस्थित लक्ष्मण ललिता कुशवाहा मावि(ललकु) केन्द्रमा बाहिरबाट कोही पुग्नासाथ केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) र गार्ड (निरीक्षक) हरु नै परीक्षार्थीलाई सतर्क गराउँछन्। एसईई २०७५ मा सहभागी विभिन्न सात विद्यालयका परीक्षार्थी (३ सय १३) आदेशअनुसार झटपट आफ्ना चिजबिज (उत्तर सामग्री) सँगाल्छन्।

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ। जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ। हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए।

६७ वर्षीय युगमाया नातिसँगै एसइई दिँदै

ओखलढुंगाको लिखु गाउँपालिका–६ की ६७ वर्षीया युगमाया कार्कीले नातिसँगै एसइई परीक्षा दिँदै छिन्। युगमायाका अन्तरे छोरा बुद्धिबहादुर कार्कीका छोरा (नाति) सँगै उत्प्रेरणा महिला माधानगर काठमाडौंबाट नियमित विद्यार्थीका रूपमा एसइई परीक्षा दिँदै छिन्।

काँडेतार र पर्खालले छेकेन परीक्षा

चारैतिर पर्खाल, पर्खालमाथि काँडेतार। त्यसैले घेरिएको खुल्ला चौरमा बसेर पाल्पा कारागारमा रहेका कैदी यम रानाले यस वर्ष एसइई परीक्षा दिए। जेल आएका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन। कारागारबाटै उनले यस वर्ष एसइई परीक्षामा सहभागी भए। उनीसहित प्रदेश नं. ५ का ८ जना कैदीबन्दी तथा थुनुवाले कारागार र एक जनाले हिरासतबाटै एसइई दिए।

कम हुँदै एसइई त्रास, पहिलो दिन शान्तिपूर्ण

आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा केही छिटपुट घटनाबाहेक सातै प्रदेशमा मर्यादित रुपमा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आइतबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भयो। बोर्डका अनुसार प्रदेश सरकार र राष्ट्रिय परीक्षा बोर्डले अब विद्यार्थीमा एसइई परीक्षा सहज बन्दै गएको बताएका छन्। यस वर्ष एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले गरेको छ।

खोटाङमा एसइईका १०८ विद्यार्थी अनुपस्थित

खोटाङमा एसइईका १०८ विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्। आईतबार सुरु भएको परीक्षाको पहिलो दिन रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ ३२ विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताए।

कोरियन भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

कोरियन भाषा परीक्षाको लागि ६२ हजारले आवेदन दिएका छन्। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि उनीहरुको आवेदन परेको हो।

एसइई परीक्षाको तयारी पूरा, ४ लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

विद्यालय शिक्षकविहीन, परीक्षा प्रभावित

रसुवाका चार वटा सामुदायिक विद्यालय शिक्षकविहीन भएपछि वार्षिक परीक्षा प्रभावित भएको छ। वार्षिक परीक्षा सञ्चालन भइरहेको समयमा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेसँगै कार्यरत शिक्षकहरूले अवकास रोजेपछि ती विद्यालयहरू शिक्षकविहीन भएका हुन्। शिक्षक नभएपछि परीक्षा सञ्चालन गर्न समस्या उत्पन्न भएको हो।

अर्काको नाममा परीक्षा दिने गिरोह सक्रिय

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि इलामका पूर्ण लिम्बू रोजगारीका लागि कोरिया जान पाइनेमा लगभग ढुक्क जस्तै थिए। रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान सन् २०१८ मा लिइएको भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि उनी सबैतिर भाषा परीक्षा उत्तीर्ण गरेको बताउँदै हिँड्थे पनि।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

कोरियाली भाषा परीक्षा जेठमा, कामदारकाे कोटा बढ्यो

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ। वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलवार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्