८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकलाई श्रममन्त्रीको आह्वान

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ।

प्रधानमन्त्रीको चेतावनीः लोकतन्त्रमाथि खतरा आए सरकार बघिनीको शैलीमा प्रस्तुत हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्। बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताए।

प्रदेश २ सरकार संविधान दिवसमा मौन बस्ने, राजपाले ब्ल्याक आउट गर्ने

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सोमबार फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘मधेसी जनताले संविधान दिवस मनाउने अवस्था आएको छैन।’ प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउन मुख्यमन्त्रीको नेतृत्वमा छलफल गरेपछि सत्ता साझेदार दल मात्र नभई सत्ता नेतृत्वकर्ता दलकै मन्त्री विपक्षमा उभिएपछि सरकार पछि हटेको छ। अन्ततः प्रदेश सरकारले संविधान दिवस नमाउने भएको छ।

‘नियन्त्रण गर्ने निकायमै आफ्नो मान्छे राखेर सरकारले भ्रष्टाचारीलाई प्रश्रय दियो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।

सूचना आयोगको सरकारलाई आदेश- डेंगीबाट बच्न तत्काल उचित सूचना प्रवाह गर्नू

राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ।

सरकारको कामलाई नियन्त्रण नगर्न संसदीय समितिलाई सभामुखको निर्देशन

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्।

अमेरिका, चीन र भारतबीच फाटो ल्याउने सैन्य गतिविधि स्वीकार्य छैनः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन्।

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः अध्यक्ष दाहाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी गरेका छन्।

गृहमन्त्रीलाई गगनको प्रश्नः हाम्रो सभापतिको हात भाँच्ने नेकपा नेता कहिले पक्राउ पर्छन?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले बाँके घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्।

एनजिओप्रति खनिए जनप्रतिनिधिः अर्ब खर्चिएर करोडको पनि उपलब्धि भएन्

यहाँको जनप्रतिनिधिहरुले गैरसरकारी संस्थाले कामभन्दा बढी खर्च देखाएको आरोप लगाएका छन्। अर्बौ रुपैयाँ खर्च गर्दा करोडको पनि उपलब्धि नहुने गरि गैरसरकारी संघस्थाले अपारदर्शी खर्च गरेको आरोप लगाएका हुन्।

ओलीको गृह जिल्ला पुगेर प्रचण्डले भने- कम्युनिष्ट सरकार ५० वर्षसम्म रहन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन्।

नेपालगन्ज घटनाबारे देउवाको आक्रोशः ‘हामीले पनि हात भाँचिदिए के हुन्छ?’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्। नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको निन्दा गर्दै देउवाले भने, ‘तिमीहरु संयतिम बन, नत्र भने हामीहरुको पनि लड्नु बाहेक अरु उपाय हुने छैन।’

लगानीमैत्री सरकारी नीतिमा जोड

पूर्वअर्थमन्त्री रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धति र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए।

‘सरकारले साढे तीन वर्षमा १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्।

किमाथांका सडकको जिम्मा सेनालाई, ७ जिल्लामा सिडिओ पद घटुवा, हुलाक कर्मचारीको तलब बृद्धि

सरकारले खाँदवारी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। किमाथांका चीन जोड्ने सीमा नाका हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्