६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

वन मासेर ढुंगा–बालुवा निकासी

साँघुुरो सडक । सडकको दुवै लेनमा नदीजन्य पदार्थ बोकेका गाडी । स्कुल र सरकारी गाडी फाट्टफुट्ट छन् । पैदलयात्रु सवारीको चेपबाट सडक छिचोल्न खोज्दैछन्।

योगेश भट्टराई भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा अलैंची निकासीबारे छलफल होस्

नेकपाका संसद योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिएका छन्।

चिया निकासीमा भारतको तगारो

अनेक बहाना गर्दै नेपाली कृषि उपज निर्यातमा अत्तो थापिरहेको भारतले यतिबेला तयारी चियालाई मुख्य निसाना बनाएको छ।

पञ्चकन्याको स्टिल ट्यांकी भारत निकासी

मुलुकको प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घरानामध्येको एक पञ्चकन्या ग्रुपले स्टेनलेस स्टिल ट्यांकी भारत निकासी गर्न थालेको छ। पञ्चकन्याका स्टिल ट्यांकीको माग भारतको पटना, लखनउ, कोलकाता जस्ता सहरमा समेत हुन थालेको कम्पनीले जनाएको छ।

वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी

त्रियुगा नगरपालिका–७ चुहाडेमा ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (पूर्वी खण्ड) निर्माण सामग्री प्रशोधन प्लान्ट’ लेखिएको बोर्ड झुन्डिएको छ। बोेर्डको पछाडिपट्टि ठूलो प्लान्ट ‘क्रसर उद्योग’ सञ्चालित छ। चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उद्योगको अभिलेख जिल्ला घरेलु तथा साना उद्योग कार्यालय उदयपुर (गाईघाट) मा छैन।

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ।

अदुवा निकासी सकसको पाठ

एकातर्फ राजनीतिक र प्रशासनिक क्षेत्रमा सरकार गठन र प्रदेश सरकार गठनका मुद्दाहरू तातो बहसका सामग्री बनेका छन् । यस बेला भने उद्योग र वाणिज्यको क्षेत्रमा अदुवा भारत निकासीमा यसपटक आएको अवरोध त्यस्तै तातो मुद्दा बनेको थियो । व्यवसायीले अदुवा भन्सार बिन्दुमा पु¥याएर पनि फेरि गोदाममा फर्काएर ल्याउनुपरेको थियो ।

अदुवा निकासीमा अन्योल कायमै

पाँचथर यासोकका अदुवा व्यापारी विष्णु बोहोरालाई किसानले साँझ–बिहान सुत्न दिएका छैनन् । बारम्बार उनलाई किसानको फोन आउँछ– अदुवा बारीमै कुहिसक्यो, कहिले लिन कहिले आउनुहुन्छ ? किसानको फोनले आजित उनी ‘फलानो दिन अदुवा तौलिन आउँछु’ भन्ने जवाफ किसानलाई दिन सक्दैनन्।

अदुवा निकासीको उपाय खोज्दै

भारतीय पक्षले अनुमति नदिँदा भन्सार पुर्याएर फर्काइएको करोडौं रुपैयाँको नेपाली अदुवा पुनः निर्यातका लागि सरकारी निकायले ‘प्रयास’ थालेको छ ।

जडीबुटी चोरी–निकासी बढ्यो

जाजरकोटको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो।

फेरि रोकियो अदुवा निकासी

नेपालको अदुवा निकासीमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। विभिन्न बहानामा भारतीय भन्सारका कर्मचारीले अदुवा निकासी हुन नदिँदा झापाको काँकडभिट्टास्थित भन्सार कार्यालयको यार्डमा अदुवा लोड भएका गाडी १३ दिनदेखि थन्किएका छन्।

निकासी नहुँदा करोडौको अदुवा थन्कियो

जिल्लाका किसानहरुले उत्पादन गरेको करोडौको अदुवा समयमै निकासी नहुँदा थन्किएको छ। किसानहरुले उत्पादन गरेको अदुवा निकासी नहुँदा ब्यापारीले गोदाममा र किसानहरुको बारीमै थन्किएको हो।

तयारी चिया निकासीमा अवरोध

पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले तेस्रो मुलुक निर्यात हुने तयारी अर्गानिक चियामा समेत बाधा पुर्‍याउन थालेको छ। युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया कस्टमका कर्मचारीले नाकाबाटै फर्काइदिन समेत प्रयास गर्न थालेको व्यवसायीले गुनासो गरेका छन्।

१३ प्रजातिका जडीबुटी निकासी

हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायत प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्