६ आश्विन २०८१ आइतबार
image/svg+xml

ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

सरकारले वर्षात्‌को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन। चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ। खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ।

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

सर्लाहीको त्रिभुवन नगरबाट भारततर्फ लैजादै गरिएको ठूलो परिमाणको चाइनिज इन्टेक्स मोवाइल प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैधरुपमा भारततर्फ नुन निकासी

भारतबाट किनेर ल्याएको नुन अवैध रुपमा उतै निकासी हुने गरेको छ। भारतको तुलनामा नेपालमा नुन प्रतिकिलो करिब ११ रुपैयाँ सस्तो भएपछि अवैध ढंगले भारततर्फ नै नुन निकासी हुन थालेको हो।

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अदुवा निकासी गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको सुदूर पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारीबीच शनिबार भारतीय राजदूतावासमा अदुवा निकासीमा देखिएका समस्याबारे छलफल भएको छ।

अदुवा निकासी रोकिँदा किसान मर्कामा

नेपाली अदुवामा हानिकारक विषादी पाइएको भन्दै भारतीय पक्षले लिन छाडेपछि सयौं किसान र व्यापारी मारमा परेका छन्। मध्य सिजनमै अदुवा निकासी रोकिएपछि कुहिने डरले किसानलाई सताएको छ। काँकडभिट्टा नाकाबाट मंगलबारयता अदुवा निकासी रोकिएको छ।

रोकिएन गिट्टी र बालुवा चोरी निकासी

इटहरी- सरकारले असारदेखि तीन महिनासम्म मुलुकभरका नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाएपनि सुनसरी–मोरङका कतिपय नदीबाट चोरी–निकासी निरन्तर भइरहेको छ। दुवै जिल्लाका खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

रातको समयमा चोरी-निकासी

असारदेखि ३ महिनासम्म देशभरका नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाइएपनि मोरङ र सुनसरीका कतिपय नदीबाट चोरी–निकासी भइरहेको छ। बढी मात्रामा बूढी खोलाको सुनसरी–मोरङ दुवैतर्फबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

ढुंगा-गिट्टी निकासी रोकियो

जिल्लाका खोलाहरूबाट ढुंगा–गिट्टी, बालुवा उत्खनन र बिक्री–वितरण रोकिएको छ। सरकारको निर्णयअनुसार हरेक असारदेखि भदौ मसान्तसम्म खोलाबाट ढुंगा-गिट्टी र बालुवा निकाल्न रोकिएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्