साहित्यको विकास
निकै समय ऊ साहित्यिक बजारबाट हरायो। उसले सत्ताधारी राजनीतिक दलको सदस्यता लियो र पार्टीको संस्कृति विभागको मोर्चा समाल्यो। आफ्नै नेतृत्वमा दुईचार साहित्यिक संस्था खोल्यो र साहित्यको विकास गर्न सरकारबाट अनुदान लियो।
निकै समय ऊ साहित्यिक बजारबाट हरायो। उसले सत्ताधारी राजनीतिक दलको सदस्यता लियो र पार्टीको संस्कृति विभागको मोर्चा समाल्यो। आफ्नै नेतृत्वमा दुईचार साहित्यिक संस्था खोल्यो र साहित्यको विकास गर्न सरकारबाट अनुदान लियो।
सत्यमाथि उभिएर अब हामी असाध्य मसिना दुखहरूमा रम्नुपर्छ र करोडौ सुख फूलाउन हमेसा जित्नुपर्छ त्यो जित्ने युग तिमी हौ तिमीबाट नयाँ युग पलाउने छ तिमीबाट सुरुवात हुनेछ।
लुखुर–लुखुर मेरोपछि नआऊ है झटारो हान्छु नि मायाको लाग्ने गरी मुटुमा अनि पो थाहा पाउने हो तिम्रोपछि किन आउनु नि।
बांगाटिंगा गल्लीहरू छिचोलेर मानव वेदनाले नहल्लिने उज्यालोको चिहानमाथि दिग्दर्शन टुहुराहरूको गीत लेख्छु त्यो प्रेमको गीत नभएर बतास समेतले मलाई पिरोल्नेछ तर कुमुद कुञ्जमा क्रान्तिका हजारौं कुजन लयमा युगको धुन भर्नेछु।
राइटर्स इन्टरनेशल ग्लोवल कमिटी,कोलोराडो अमेरिकाले विमल भौकाजीको सम्पादन पुन: प्रकाशन हुँदै आएको ‘शारदा’ मासिकलाई रु.५१ हजार राशिले सम्मान गर्ने भएको छ।
लघुकथा समाज नेपाल,काठमाडौं, रुसी भारतीय मैत्री संघ दिशा मास्को,रुस र विवि मण्डल सञ्चालित कला एवं वाणिज्य महाविद्यालय, अक्कलकुवा महाराष्ट्र, भारतको आयोजनामा एक दिने संगोष्ठी सम्पन्न भएको छ।
यता त झरी परिरहेकै छ तिम्रो याद पनि आइरहेकै छ,मनले त्यही मन खोजिरहेको छ तनले त्यही तन रोजिरहेको छ।
सेकेन्ड, मिनेट र घण्टा हुँदै अर्को चुनाव पनि आउनै लाग्यो। तर, त्यो क्षेत्रको विकास अर्को चुनाव आउला र मासुभात खाऊँला भन्ने प्रतीक्षामै सीमित रह्यो। संसद् अनि मन्त्री भत्ता र सुविधा तथा विकास योजनाको बजेट अर्को चुनावको बजेट बन्यो दश पुस्तासहित।
अन्तिममा लेख्यो,‘दिदी,माफी चाहन्छु। मैले यहाँको मनको भाषा र ममत्वको आशय बुझ्न सकिनँ। हो,सबै डलरमोहले नै विदेश कहाँ बसेका हुँदा रैछन् र? माया,प्रेम र अपनत्वले पनि मान्छेलाई बाँध्दो रहेछ। मानें, मैले तपाईको शिशुमोहप्रतिको समर्पणलाई।’
जब हामी सन् १९६३ मा निर्माण भएको अमेरिकन कलाकार याओइ कुुसमाको ओभन प्यान (बन्द चुलो र ताप्के) भन्ने कलालाई हेर्छौं, महिलाको सवाल उठाउन कलाकारले भान्छाकोठाको भाडावर्तनलाई मोटिफका रूपमा प्रयोग गरेको देख्छौँ। पैसा नआउने ‘डोमेस्टिक वर्क’को प्रत्याभूति दिन उनले शक्तिशाली पात्रको प्रयोग गरी महिलालाई समाजले कहाँ राखेको छ भन्नेतर्फ इंगित गरेको बुझिन्छ ।