२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

शारदालाई राइटर्श इन्टरनेशनलको सम्मान

राइटर्स इन्टरनेशल ग्लोवल कमिटी, कोलोराडो अमेरिकाले विमल भौकाजीको सम्पादन पुन: प्रकाशन हुँदै आएको ‘शारदा’ मासिकलाई  रु. ५१ हजार राशिले सम्मान गर्ने भएको छ।

‘आफ्ना लागि पढौं, अरूका लागि लेखौं’ भन्ने सोचका साथ भाषासाहित्यको संरक्षण र सहयोग गर्न उद्देश्यले खोलिएको राइटर्स इन्टरनेशल ग्लोवल कमिटी, कोलोराडो अमेरिकाले विमल भौकाजीको सम्पादनमा पुन: प्रकाशन आएको ‘शारदा’ मासिकलाई  तामपत्र र एकाउन्न हजार राशिले सम्मान गर्न लागेको हो।

यही वैशाख ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने सो संस्थाको नेपाल राष्ट्रिय परिषद् ‘लेखक संसार’ को पहिलो वार्षिक कार्यक्रमको अवसर पारेर सम्मान गरिने भएको छ।

भाषा साहित्यको उन्नयनका लागि संस्थागत रूपमा योगदान गर्नेहरूको उचित सम्मान र संरक्षण उद्देय रहेको सो संस्थाले  नेपालमै रही नेपाली साहित्यको समृद्धिमा लागेका वासु शशी स्मृति परिषद् र गुञ्जन साहित्यिक संस्थालाई पनि तामपत्र र रु.५१ हजार नगद राशिले सम्मान गरिने राइटर्स इन्टरनेशल ग्लोवल कमिटी,कोलोराडो अमेरिका अध्यक्ष ज्ञानेन्द्र गदालले बताए।

प्रकाशित: ५ वैशाख २०७९ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App