नन्दलाल आचार्य
‘अरे,आज कुनै चोकमा पनि भुसियाहरूको राज छैन त!’ त्यतिखेर हात बटारबुटुर पार्दै मैले आश्चर्य व्यक्त गरें। सुन्ने भने कोही थिएन।
सधैं म नौ बजे सुतेर बिहान ३ बजे उठ्थें। सडक चहार्दै अमृत बेलाको स्वाद लिन्थें। यसमा एउटै बाधा भेट्थें–हरेक गल्लीगल्लीमा कुकुरहरूको राज हुन्थ्यो। तिनले भुकेर कान मात्रै खाँदैनथे, मुटुको घड्कन समेत बढाइदिन्थे।
म शारीरिक रूपमा अस्वाभाविक तवरले हिंड्थें। कुकुरहरू मलाई अशक्त बहुलाहा सम्झन्थे।
भाग्न खोजे झम्टन्थे। चूपचाप उभिए मेरै परिक्रमा गरीगरी भुक्थें। थाकेपछि लाखापाखा लाग्थे। त्यसबेला कुनै हट्टाकटा मान्छे आए टाङमुनि पुच्छर लुकाई कुलेलम ठोक्थे।
यतिबेला कुकुर गायब हुनुको रहस्य मेरो खोजको विषय बन्न पुग्यो। सोधखोज गर्दा पत्ता लाग्यो–पालिकाले आफ्नो क्षेत्रभित्रका सडके कुकुर एक ठाउँमा भेला पार्ने, लुते र रोगीलाई बिष खुवाउने, सारसौंदालाई बन्ध्याकरण गरिदिने प्रयोजनका लागि कुकुरहरूलाई पशु अस्पताल लगेको रहेछ।
प्रकाशित: ७ वैशाख २०७९ ०३:४७ बुधबार