२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय संयुक्त सम्मान संगोष्ठी सम्पन्न

लघुकथा समाज नेपाल,काठमाडौं, रुसी भारतीय मैत्री संघ दिशा मास्को,रुस र विवि मण्डल सञ्चालित कला एवं वाणिज्य महाविद्यालय, अक्कलकुवा महाराष्ट्र, भारतको आयोजनामा एक दिने संगोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा डा. पूजा यादवको ‘दिव्यांग विमर्श ’, डा. रामचन्द्र स्वामीको मधुर काव्य र डा.अनिलकुमार भटपहरीको  ‘द भ्याल्यु अफ अ कप अफ टि’ को लोकार्पण गरिएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दीप जलाई उद्घाटन गरिएको कार्यक्रममा लोकार्पित कृतिबारे डा. जनक सिं वीणा र डा. अमिता  एस टण्डेलले बोलेका थिए।

भारतीय अतिथिबाट लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, गोपाल अश्क र शैलेन्दुप्रकाश नेपाललाई सम्मानपत्र अर्पिदै सम्मान गरिएको थियो। त्यस्तै नेपालका तर्फबाट पनि अतिथिहरूलाई माया चिनो सहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले नेपाल र भारतको परापूर्वकालदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। उनले यस्ता कार्यक्रमले दुई देश बिचको सांस्कृतिक, साहित्यिक र धार्मिक सौहार्दलाई झन् व्यापक बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अतिथिहरूको जमघट गराउन संयोजनको भूमिका निर्वाह गरेकी डा.मोनिका शर्मालाई धन्यवाद दिंदै लेखकहरू सधैं एकजुट हुनुपर्ने बताए।      

प्रकाशित: ४ वैशाख २०७९ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App