८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रूपमा बजेट नपठाउने भएको छ। वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो।

उदयपुर पनि विपद्को जोखिममा, बेलकामा नदी कटान सुरु

वर्षायाम सुरु भएसँगै उदयपुर पूर्वी क्षेत्रमा गत वर्षजस्तै सप्तकोसी नदीले कटान सुरु गरेपछि स्थानीय त्रसित हुन थालेका छन्।

उदयपुरको ‘सगरमाथा विमानस्थल’: साढे १३ हजार रुख कटान

उदयपुरमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’ निर्माण गर्न रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।

उदयपुरका ५ स्थानीयतहको बजेट घट्यो

आगामी आर्थिकवर्ष ०८०/०८१ मा उदयपुरका ८ मध्ये ५ स्थानीयतहको बजेट घटेको छ। गत सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमा जिल्लाका ८ स्थानीयतहलाई ३ अर्ब ९० करोड ७३ लाख परिमाणको बजेट विनियोजन हुँदा २ नगर र १ गाउँपालिकाबाहेकको बजेट गतवर्षभन्दा कम प्रस्ताव गरिएको छ।

बालक कुट्ने वकिललाई १ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला

उदयपुर जिल्ला अदालतले बुधबार अधिवक्ता इन्द्रबहादुर तामाङलाई १ वर्ष कैद, १० हजार जरिवाना र ३ लाख रुपैँया क्षतिपूर्तिको फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्की बताए।

उदयपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।

उदयपुरको राजश्वः लक्ष्य भेटाउन मुस्किल

देशभरकै आर्थिक संकटको सूचक बनेर देखिएको उदयपुरको राजश्व संकलन लक्ष्य चुम्ने अपेक्षा गरिए पनि हम्मे छ । स्थानीय तहको अधिकार क्षेत्र भित्रबाहेक करदाता सेवा कार्यालय उदयपुरले चैत मसान्तसम्म संकलन गरेको ‘फिगर’ले राजश्वको वार्षिक लक्ष्य चुम्ने आशा मात्र गर्न सकिन्छ तर, विश्वास गर्ने आधार कमजोर छ।

उदयपुर सिमेन्टको विद्युत जोडियोः ६ महिनाभित्र बक्यौता बुझाउने शर्त

करोडौँ बक्यौता महसुल नबुझाएको भन्दै सातादिन अघि काटिएको उदयपुृर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको विद्युत लाईन पुनः जडान भएको छ।

उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

उदयपुरमा रहेको एक मात्र पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड धराशायी हुँदै गएको छ।

उपभोक्तालाई जस्ता वितरण

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।

उदयपुरगढीमा भीषण आगलागी, ७ घर जलेर नष्ट

उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा विहान लागेको आगलागी भईरहेको र अहिलेसम्म आधादर्जन बढी घर गोठ जलेर नष्ट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना राई चयन भएकी छिन्। शनिवार गाईघाटस्थित टाउन हलमा सम्पन्न आर्ठाैँ जिल्ला सम्मेलनले त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो।

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार युवक उदयपुरबाट पक्राउ

ज्यान मार्ने उद्योगमा दोषी करार भई फरार सूचीमा रहेका सुनसरीका एक व्यक्ति हतियारसहित उदयपुरबाट पक्राउ परेका छन्।

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्