१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रूपमा बजेट नपठाउने भएको छ। वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो।

गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल ३६ करोड रुपैयाँ बजेट ल्याउने तयारी गरेको छ। ‘समग्रमा पालिकाभरिका योजना एकीकृत रूपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ’, उनले भने। पालिकाको भौगोलिक विकटतालाई ध्यान दिंदै दिगो विकासका लागि ठूला र महत्त्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो।

बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागत रूपमा बजेट माग नगरिएको ताप्ली-१ का वडाध्यक्ष उद्धव हमालले बताए।

गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षक अन्तर्गत सात करोड ५५ लाख रुपैयाँ, सशर्त अनुदान शीर्षकअन्तर्गत १८ करोड रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड नौ लाख रुपैयाँ र समपुरक अनुदान पुँजीगततर्फ २६ करोड रुपैयाँ बजेट विनियोजन गरिंदै छ। चालु आवको तुलनामा आगामी आवका लागिदुई करोड ३६ लाख रुपैयाँ कम बजेट विनियोजन गरिएको छ। ताप्लीमा पाँच वडा छन्।  

प्रकाशित: ७ असार २०८० ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App