२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

धर्म

दुवै महिला पुनः घरबाहिर निस्के। पहिलीले सुझाव दिइन्, ‘धर्म कमाउनुपर्छ नि बहिनी।’ ‘यस जुनीमा धर्म कमाए पो अर्को जुनीमा भोग्न पाइन्छ,’ अर्कीले सहमति जनाइन्।

दुलाहा-दुलही नदीमा स्नान गर्दैछन्

मजदुरहरू महलमा ढलान गर्दैछन्,मालिक पैसाको गुनगान गर्दैछन्। सुन्नु थियो मलाई अदृश्य भएर,ककसले ककसको बयान गर्दैछन्।

दृश्य

केही समयपछि सूर्योदय भयो पूर्वबाट। डाँडामा जम्मा भएका मानिसहरू छिर्लिङछिर्लिङ बाजा बजाउँदै प्रफुल्ल मुद्रामा स्वतन्त्रताको गीत गाउन र नाच्न थाले। सूर्योदयको दृश्यमा मन्त्रमुग्ध भएझैं। बाजा थिए आआफ्ना मालिकका नाउँ कुँदिएका नेल र हत्कडी।

विचार र सिर्जनाबीच अन्तर्सम्बन्ध

देश, काल, परिस्थिति अनुसार सरकारले सर्जकलाई गतिशील हुन नदिन थरीथरीका सेन्सरका हरियार प्रयोग गर्ने गर्छन्। व्यवस्था टिकाइराख्न सत्ताले प्रयोग गरिराख्ने यस्ता सेन्सर कुन रूपमा प्रयोग हुने गर्छन्, यो अर्को पक्ष हो। पञ्चायतकालमा यसको स्वरूप अलि कडा थियो, अहिले गणतन्त्र आएपछि यो अलि नरम र भिन्दै स्वरूपमा देखापरेको छ।

झुट्टा इतिहास

ताजमहलको निर्माणमा जुटेका मेरा हात काटिए ती हत्केलाका कंकाल कुन म्यूजियममा छ्न ? इतिहास बोल्दैन श्रमिकको निम्ति इतिहास लाटो छ !

सन्थाली परम्परागत न्याय प्रणाली

झापामा करिब ३० हजारभन्दा बढी संख्यामा रहेको सन्थाल जाति उनीहरूको इच्छा र आवश्यकता बढ्दै जाँदा नयाँनयाँ संस्थामा समाहित हुनुपर्ने बाध्यता र जीवन पद्धतिलाई नै बदल्नु पर्ने पनि भयो। समाजले सिर्जना गरेका नियमभित्र बसेर आफ्नै मूल्यमान्यता र विश्वासलाई कायम राख्दै परिवर्तनलाई स्वीकार गर्दै आएका केही राजनीतिक संरचनागत विशेषतालाई चर्चा गर्न आवश्यक छ।

जाऊँ भन्छु छैन कहीँ जाने ठाउँ अझै मेरो

जाऊँ भन्छु छैन कहीँ जाने ठाउँ अझै मेरो, यसै भत्किनु थियो मन भत्काऊ अझै मेरो। जति दिन्छौं चोट गनीगनी सहन सक्छु तर,बिन्ती छ पुरानो घाउ नबल्झाऊ अझै मेरो।

माया

छाउरो रुँदैकराउँदै भाग्यो। आफ्नो सन्तान रोएको सुनेर बिराली उनी नजिक आई र भनी— बाजे, यो घरपृथ्वी हाम्रो पनि त हो। त्यसरी नकुट्नुस् न मेरो बच्चालाई। तपाईको बच्चालाई जस्तै मेरो बच्चालाई पनि माया चाहिन्छ नि।

प्यार गरेर नि एक्लै रहनु यो के हिसाब हो

तिम्रो मनमा जे उदाउँछ त्यही तिम्रो घाम हो,आफ्नै लागि त जो कोही यहाँ बा‍ँच्छ, यही ठूलो काम हो। मेरो बानी केही ठीक छ केही खराब छ,प्यार गरेर नि एक्लै रहनु यो के हिसाब हो।

भूगोल साहित्य समाजको कविगोष्ठी

कार्यक्रमका वक्ताहरूले नेपालको इतिहासमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाल र नेपालीले भुल्न नसक्ने र भुल्नै नहुने बताए। कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्याल तथा कवि भूिप शेरचनप्रति पनि हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो।

सबैको रोजाइमा पर्ने

हो म गले जस्तो देखिन्छु अचेल तर थाकेको मान्छे होइन म, तिम्रो जरुरत महसुस नगराऊ मलाई फाकेको मान्छे होइन म। धेरै नै मान्छेको भिड जम्मा पार्ने हैसियत नै छैन मेरो त, सबैको रोजाइमा पर्ने तिम्लाई जस्तो ताकेको मान्छे होइन म।

अहिले संसारमा कोही पराया–अपरिचित छैनन्

फिल्मी दुनियाँको स्टारको नाताले मैले पाएको प्रशंसामा मात्र म सीमित भएको भए मेरो जीवन कति खोक्रोे हुन्थ्यो भन्ने कल्पना गर्दा पनि म कम्पित हुन्छु। भाग्यले मलाई यो फिल्मी दुनियाँको स्टारडमबाट बाहिर गन्तव्य खोज्न प्रेरित गरेझैँ लाग्छ ।

ग्रीष्मको नीलो बतासको सौन्दर्य

हुन त सम्पूर्ण साहित्य अनुभवकै आलंकारिक दस्तावेज हो। विधापिच्छे अनुभवका भिन्नाभिन्नै बान्की प्रस्तुत हुन्छन् साहित्यमा। नियात्रा विधामा यात्राबाट प्राप्त अनुभव र संस्मरणलाई नै मूल वस्तु बनाइने हुँदा अनुभवजन्य तथ्यको प्रस्तुति ज्यादा प्रत्यक्ष रहन्छ। यात्राका कोरा अनुभव, मिति, तिथि र घटना वर्णन छाडेर यात्रास्थलका मानिस, प्रकृति र संस्कृतिका पाटालाई आलंकारिक भाषामा प्रस्तुत गर्ने पुडासैनीको मौलिक शैली यस कृतिमा पनि देखिन्छ।

इतिहासका तीनवटा ‘१७’ र राज्यको क्षमायाचना

मानव इतिहासमा अधिकांश युद्ध राज्य र साम्राज्यकै लागि भए। इतिहासमा युद्ध अविवेकले मात्रै होइन, दासत्व स्वीकार नगर्ने विवेकपूर्ण निर्णयले पनि भए। राज्यको विस्तारलाई हामीले विवेकहीन बलियो बाघले आफ्नो क्षेत्र निर्धारण गरेजस्तो ठान्छौँ।

फुर्सद-बेफुर्सद

केही क्षणपछि डाक्टर आएर विरामीका मानिसलाई भने हामी क्षमाप्रार्थी छौं। धेरै ढिलो भैसकेको थियो। हामीले हरप्रयास गर्‍यो तर बँचाउन सकेनौं। त्यहाँ सत्य स्विकार्नु र रुनुबाहेक विकल्प थिएन। समिरले आफैले फोन गरेरै सचेत गराउँदा पनि भाइले बेवास्ता गरेको कुराले उसको दिमागमा घण्टी हानिरह्यो। के भाइ साँच्चै बेफुर्सदी नै थियो त?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्