सन्थाली परम्परागत न्याय प्रणाली
झापामा करिब ३० हजारभन्दा बढी संख्यामा रहेको सन्थाल जाति उनीहरूको इच्छा र आवश्यकता बढ्दै जाँदा नयाँनयाँ संस्थामा समाहित हुनुपर्ने बाध्यता र जीवन पद्धतिलाई नै बदल्नु पर्ने पनि भयो। समाजले सिर्जना गरेका नियमभित्र बसेर आफ्नै मूल्यमान्यता र विश्वासलाई कायम राख्दै परिवर्तनलाई स्वीकार गर्दै आएका केही राजनीतिक संरचनागत विशेषतालाई चर्चा गर्न आवश्यक छ।