त्रिविक्रम पाण्डे
तिम्रो मनमा जे उदाउँछ त्यही तिम्रो घाम हो,
आफ्नै लागि त जो कोही यहाँ बाँच्छ, यही ठूलो काम हो।
मेरो बानी केही ठीक छ केही खराब छ,
प्यार गरेर नि एक्लै रहनु यो के हिसाब हो।
जसले मच्चायो अशान्ति ऊ नै अब शान्ति चाहन्छ,
मेरो मनको सवालको के तिम्रो यही जवाफ हो।
पानी मात्रै छैन तिम्रा आँखामा पीडाको नि बाढी छ,
जसको केही पाना फाटेको छ, जीवन त्यही किताब हो।
तिम्रो मनमा जे उदाउँछ त्यही तिम्रो घाम हो,
आफ्नै लागि त जो कोही यहाँ बाँच्छ, यही ठूलो काम हो।
प्रकाशित: १ माघ २०७८ ०३:५० शनिबार