२३ वैशाख २०८१ आइतबार
image/svg+xml

भारतमा फेरि बढे संक्रमित

अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो।

एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित

पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए।

भारतमा थप ४१ हजार संक्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन्।

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ। बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो।

अस्पतालमा सङ्क्रमितको चाप घट्दै

कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ।

भारतमा ६१ दिनयता सबभन्दा कम कोरोना सङक्रमित

आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ। कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो।

कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।

‘खोप नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा.राजीव कुमार चौधरी

कोरोना लागे पनि उनीहरूले सजिलै जित्न सक्छन्। यसैले प्रत्येक नेपालीले खोप लगाउन आवश्यक रहेको छ। आफ्नो दृढ आत्मबल, परिवार तथा आफन्तको सहयोग र हौसलाले पनि कोरोनालाई जित्न मद्दत पुग्ने बताउँदै सेवा गर्दै आएका डा. राजिव चौधरीसँग गरिएको संक्षिप्त कुराकानी।

कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमा भरपेट खाना

भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ। अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ।

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थपिए

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्।

इरानमा कोभिड: एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ।

बाँकेमा थप पाँच संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

भारतमा एकैदिन तीन लाख २३ हजार भन्दा बढीमा कोरोना पुष्टि

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ।

बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो। विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्