२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली सम्पदा साइनो

यतिखेर मानव समुदायलाई आपसी भेटघाट र भलाकुसारीको अवसर छैन । यस दुखद घडीले स्रष्टाहरूमाझ झन् बढी जिम्मेवारी थपेको छ । साहित्य जीवनलाई गति दिने विषय हो । यसले उत्साह र उत्प्रेरणा दिने गर्छ। जीवनलाई सक्रिय एवं कर्मयोगतर्फ डोरयाउने विषय पनि यही हो भने यसका सर्जकले परिस्थितिजन्य मनोविज्ञानलाई ध्यान दिई आत्मबल बढाउने गरी छोटोछरितो सिर्जनामार्फत् आमपाठकहरूको निराशालाई उत्साहतर्फ अभिमुख गर्ने सक्रियता सान्दर्भिक हुन्छ।

देशले इज्जत हारेको दिन

पस्केर खान नपाएका गाँसहरू तुइनमा अल्झिएका आशहरू अस्पतालको शैय्यामा छटपटाइरहेका सासहरू कतै पनि तिम्रो उपस्थिति नदेख्दा एकैछिन आफैं लज्जित भएँ किनकि, तिम्रो जितका लागि मैले पनि एक छाप स्वस्तिक चोपेको थिएँ त्यो दिन तिमीले त जित्यौ खासमा मैले बिराएको थिएँ देशले इज्जत हारेको थियो।

कोरोनाको पीडा

बसेक छु बरन्डामा , देख्छु कतै भनी, टाढा भयो मिलन आजकाल , दिक्क लाग्छ अनि। कोरोनाले गर्नु गरयो, नाता भयो टाढा, जति टाढा भए पनि, सम्झना छ गाढा। घरभित्रको बसाइ छ , मनैभरि पिर,अतीतको याद गर्छु , सम्झी चारैतिर।

मैले अंग्रेजी सुधारें

तीनै जना छोराको परीक्षाफल राम्रो भएकाले बाआमाको अनुहारभरि खुशीको लाली पोतियो। रिजल्टको दिन मेरो पनि मनभरि गुराँस फुले। कक्षा नौदेखि अझ राम्रोसँग पढ्नुपर्छ।

कर्णालीका मिठा माछा

शरद्ले क्यामरामा हामीलाई जोडेर कर्णालीको पुल राखे पटकपटक। टाढाटाढाबाट तानेर राखे कर्णालीलाई पनि क्यामराभित्र । कर्णालीवारि र कर्णालीपारिको नेपाललाई यसै पुलले जोडिदियो । यातायातका क्षेत्रमा भारत हुँदै नेपाल यताउता गर्ने बाध्यता टुङ्ग्याइदियो यसै पुलले।

जहाँ श्रमको पूजा, त्यहीं समृद्धि

उमेर र क्षमताभन्दा बढी काम लाउनु नै बालबालिकामाथिको शोषण हो । हक, अधिकारमाथिको हस्तक्षेप हो । यस्तो हस्तक्षेपले शारीरिक तथा मानसिक विकासमा अवरोध खडा हुन्छ । बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा अवरोध हुनु भनेको गरिबी, बेरोजगारी, निरक्षताको मात्रा बढाउँदै लैजानु हो । सामाजिक शोषण र विभेदलाई बढाइरहनु हो। बालबालिकालाई श्रमको दुष्चक्रमा फसाइरहनु हो।

भालेसिउर ठूलै हुनुपर्छ र ?

कक्षाकोठामा ज्ञानयुक्त गुरुमाहरू देखेँ । राजनीतिक मोर्चामा गोली खान तयार भएका नारी देखेँ। समाज परिवर्तनको मुद्दा बोकेर जीवन सुम्पेका समाजसेवी देखेँ। जीवनका गल्छेडामा विभिन्न प्रयोजनमा भेटिएकाचिनिएका महिला पनि देखेँ। ती सबै महिलाका मायालाई यति बेला म सम्झँदै छु। एकएक गरेर सम्झँदै छु। किनकि ती महिलाको जीवनले एउटा सिङ्गो युगको असङ्गत परिवेशको प्रतिनिधित्व गर्छ।

लासको धुवाँ

‘अब त आफ्नो औकात हेर! प्रकृतिले चाह्यो भने केसम्म गर्न सक्दो रहेछ। मसानघाट कराइरहेको जस्तो लाग्दथ्यो। तर, लासको धुवाँ उड्दै थियो। यमराजको ताण्डव जारी थियो। एकादेश पूरै लासको धुवाँमा धूमिल थियो। लाचार मानव आफ्नै शरीर लास बनी धुवाँमा उड्ने हो कि भनी डर र त्रासमा बाँचिरहेको थियो। एकादेश जलि रह्यो धुवाँ उडिरहयो।

म सती बन्न सक्थेँ

यदि तिमी कविताको पाठक हौ भने, यति भन्न चाहन्छु , – म सती बन्न सक्थेँ पार्वती वा सीता बन्न सक्थें। तर ! तिमी शिव वा राम कुनै एक पनि बन्न सकेनौ ।

घर

‘अनि आमाका छोराचाहिँ कता नि ?’ साथीले सोध्यो। खै बा ! एउटा अम्रीका अर्को उता... अस्ट्रेलिया कि के जाती रे । बुढाले घर जिम्मा लगाएर गैहाले । छोराबुहारी आउलान् र जिम्मा लाउँला भनेर बसेकी छु।’ उहाँले जवाफ दिनुभयो।‘बरु उतै जानु नि । उतै घर बनाइसके होलान्।’ साथीले सम्झाउँदै भन्यो। ‘ह्या बाबु... उताको घर पनि घर हुन्छ कतै । उही तिमीहरूले मलाई आमा भनेजस्तै हो। आमाजस्तै होला, आमा त होइन नि।’ उहाँले भन्नुभयो ।

आजको समयचित्र

रोगी मात्र भयौँ, भए दिनदिनै यी हात खुट्टा लुली बत्ती बाल्नसकिन्न तेल सकिए मात्रै सलेदो हुली कोरोना अझ पाइला अवनिमा चाल्दै छ एक्लै खुली होला वीर कतै त भाइरस यो सूली चढाओस् मुली ।

उठ, जाग हे विश्व मानव !

जाग, अलिकति बलका साथ अलिकति बुताका साथ आऊ÷जगाऊ तिम्रै मनहरू तिम्रै तनहरू अन्तिम विजय तिम्रै हुनेछ यो संसारको फूलबारीमा तिम्रै खुसी र तिम्रै सार्वभौमिकता चल्नेछ महामारी जलेर खरानी हुनेछ आऊ, जगाऊ आफ्नै मनहरू अन्तिम विजय तिम्रै हुनेछ यो संसारको स्वर्ग तिम्रै हुनेछ।

सकस

विनोद केही बोलेन। उसले आफ्नो अफिसको नयाँ महिला स्टाफसँगको परिचयमा आफूलाई ’अविवाहित’ भनेर परिचय गराएको कुरा मात्र सम्झियो।

मन्त्रको बास्ना र झन्डाहरूको आकर्षण

गुम्बाको ठूलो परिसरको एक छेउमा चार, पाँचवटी सानी नानीहरू भाँडाकुटी खेल्दै थिए । बालिका थिए उनीहरू, त्यसैले भाँडाकुटी खेलेका होलान् । बालक हुँदा हुन् त खेल्ने विषय पनि अर्कै हुन्थे होला । समाजको परम्पराले बनाएको महिला र पुरुषको कामको विभेद यति सानो उमेरमा खेल खेल्दादेखि नै प्रस्ट देखिन थाल्छ । यस विभेदलाई मेटाउन र बराबरी गर्न गर्भमा प्राण आएकै दिनदेखि काम गर्नुपर्छ भन्ने बुझें ।

भगवान मान्छे

मान्छे सधै यस्तै भैदिए स्वर्ग खोज्नु पर्दैन कतै मान्छे सधै यस्तै भैदिए भगवान खोज्नु पर्दैन कतै सुख खोज्नु पर्दैन कतै शान्तिका लागि भगवानलाई पुकार गर्नु पर्दैन कतै! शान्तिका लागि भगवानलाई पुकार गर्नु पर्दैन कतै!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्