२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आमाको पेन्सन

भोलिपल्ट बैंक गएर तिनले कागजमा हस्ताक्षर गरिदिइन्। महिनौं बिते। तर,तिनले आफ्नो पेन्सन पाइनन्। एकदिन आँट बटुलेर बुहारीसँग पेन्सन मागिन्। छोराले अगाडि आएर करायो, ‘पेन्सन जति तिम्रो खानपानमा सकियो। रुपियाँ चाहिन्छ भने दाजुहरूसँग माग्नु।

दामोदर पुडासैनीलाई लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि

दामोदर पुडासैनी वरिष्ठ साहित्यकार पनि हुन्। हालसम्म उनका पाँच नियात्रासङ्ग्रह, दश कवितासङ्ग्रह र एक दर्शन कृति गरी सोह्र पुस्तक प्रकाशित छन्। दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका दामोदर पुडासैनीले गत माघमा १ लाख १ हजार रकमको धर्मानन्द रामप्यारी सिटौला चेतना संरक्षण पुरस्कार प्राप्त गरेका थिए भने चैत्र महिनामा राष्ट्रपतिले जनसेवाश्री पदकद्वारा विभूषित गरेका थिए।

नियति

‘लौ न फेरि अस्ट्रेलियामा लकडाउन भयो रे। अभागीले खाने बेलामा आँधीबेहेरी भन्थे, हो रहेछ। भएको एउटा भात खाने थाल बेचेर छोरालाई विदेश पठाइयो। जग्गा बेचीबेची विदेश पठाउनुको सट्टा यतै लगानी गरेको भए छेलोखेलो हुन्थ्यो। के गर्नु बेलामा घैँटोमा घाम लागेन। यहाँ आमाबाबु बिरामी हुँदा आफूले खाएको भाँडा समेत नमाझ्ने छोरालाई अरूको जुठो भाँडा माझ्न पैसा तिरीतिरी पठाइयो।’ हरिप्रसाद कौसीमा एक्लै बर्बराइरहेका थिए। उनको मोबाइलमा घण्टी बझ्यो।

बागदाता

साया – आ... भनाइ मात्रै, कस्ले देखेको छ र ? अर्को जन्म हुन्छ, हुँदैन। (नजिकैको बाँसको टुप्पामा चरा उड्दै आएर बस्छ । (त्यतै हेर्दै) भए पनि, मान्छे नभई चरा भइएला, बेग हानेर कहाँकहाँ एक्लाएक्लै पुगिएला ... (सुस्केरा छोड्छिन्)। नाम्बुङ– चरा भए त हुन्थ्यो नि लाटी।

अन्त्यहीन यात्री

म जिन्दगी जिउनुको सवाल खोजिरहेछु जहाँनेर म जिन्दगीका जवाफ मागिरहेछु अझै पनि मभित्र पानी र सतहको द्वन्द्व चलिरहेको छ बग्ने र सम्याउनेको धुनमा अझै पनि मभित्र समयको चक्र घुमिरहेको छ अँध्यारो अनि उज्यालोको सुरमा।

धमिलो मूल अत्याचारी शासक नुनिला आँसु

लजायो मेघ सगरमाथा हाँस्दा चम्किलो घर! गुराँस फुल्दा डाँफे चरी फुरुङ्ङ जगतै मक्ख! रापिलो भुङ्ग्रो नक्कली दर्शनमा झिल्सियो रोटी! पोखियो रङ्ङ गोजीभरि दाग छ फोहोर पानी!

सम्राटको नयाँ रोग

राजाहरूलाई रानीहरूलाई नयाँ रोग लागेछ आफ्नै लुगा फुकाल्दै नांगिने! कसैले नङ्ग्याउने होइन आफैं नांगिने! नांगिने, नांगिने, अझै नांगिने सामूहिक मनोरोग लागेछ!

ठूला घटना विकृतिका,थाहै नदिई लुकाइदिन्छन्

ठूला घटना विकृतिका, थाहै नदिई लुकाइदिन्छन्, कसैले कतै लेख्न खोजे, विवश पारी चुकाइदिन्छन्। स्वतन्त्र भनिने चौथो अंग, खबर सुन्दा जो पनि दंग, खुलस्त भई लेख्यो भने, अखबार नै सुकाइदिन्छन्।

सन्तानको मूल्य

उसले एकदम रिसाएर भनी रे – आमा, पुर्खाको चिनो, त्यति राम्रो टप किन बेच्नुभएको ? अनि आमाले जवाफ दिनुभएको थियो रे – पुर्खाभन्दा सन्तान प्यारो हुन्छ नि त छोरी।

मिली कोराेना भगाऔ

विश्वमा मच्चाउँदै छ हिजोआज कोरोना कहर सर्वत्र, लर्खर–लर्खर डुली नहिँड्नु है खतरा बढ्दै छ यत्रतत्र। भिडभाडमा जानुहुन्न सदैव गर्नु है सुरक्षासँगै ख्याल, जरो आउने, घाँटी दुख्ने लक्षण भए जँचाउनुपर्छ रयाल। फैलिसक्यो दुष्ट महामारी नगरौ है बेवास्ता गर्दै हेला,आफ्नो जीवन अमूल्य छ आयो सुरक्षित गर्ने बेला।

गुरुको तस्बिर

मलाई देखाउन रातो पर्दा खोल्दै भन्यो, ‘यो विश्वकर्मा बाबाको तस्बिर, दायाँतर्फ मेरा मातापिताको तस्बिर, बायाँतर्फ मेरो गुरुको तस्बिर म यिनै तस्बिरलाई पूजा सधैं गर्छु।’ त्यो बेला म अवाक भएँ। निस्किएर बाइक स्टार्ट गरेर बाटो लागे। बाटोभरि मैले त्यहीँ पूजाकोठामा भएको गुरुको तस्बिर झलझली सम्झिएँ। मेरो कल्पना बाहिरको कुरा थियो। त्यो तस्बिर अरू कसैको नभएर मेरो थियो।

अदृश्य शत्रु

यो गतिशील शहर र यस्तै मानिसहरू यो शालीन बस्ती र यस्तै मानिसहरू अकस्मात, सिंहले खेदेर थकाएको हरिणजस्तै त्रासपूर्ण अनुहार लिएर त्राहीत्राही मुद्रामा कुँदिरहेछन् र एक अदृश्य शत्रु खेदिरहेछ क्रूर शिकारीजस्तै लाग्छ कोही अन्तिम युद्ध लडिरहेछ मानिसको खिलाप बिनाचेतावनी प्रहार गर्दैछ अदृश्य मिसाइलहरू र बिनाविस्फोट नै पड्काइरहेछ भयानक परमाणु बमहरू।

फूलबुट्टे बुढेसकाल

एकदिन पँधेराबाट गाग्रीमा पानी भरेर फर्किंदा चमेलीले एउटा बुढो अनुहार उसको घरको आँगनमा उभिइरहेको देखी। नजिक आएपछि मात्र उसले त्यो अनुहारलाई ठम्याई। उसलाई भाउन्न भएर आयो। त्यो वृृद्ध आकृतिको हातमा यतिबेला फूलबुट्टे सारी थिएन। बरु उसको शरीर टेकाउने लौरी थियो। चमेली केही नबोली गाग्री बोकेर भित्र छिरी।

महाराज

एक बुढो फुटेका पैतालाले निधारमा हातको पाली बनाएर कुर्सीपट्टि हेरेरै भन्यो – ए तिमी त महाराज नै बनिसकेछौ हगि ।बिर्स्यौ – केही वर्ष अगाडि एउटा महाराज हटाउन तिमी हामी दुवै एकै सडकमा थियौं।

मलाई कोरोना लाग्नै सक्दैन

बजारमा विभिन्न हल्ला फैलिएका छन् । कोरोनाका बिरामी सबै जटिल प्रकृतिका हुँदैनन् । सबैलाई अस्पतालको आवश्यकता पनि पर्दैन । घरेलु उपचार गरेर पनि निको हुन सकिन्छ । त्यसैले सुरक्षित भएर घरमा बस्नुपर्छ । नियमित झोलिलो पदार्थमा जोड दिनुपर्छ । आवश्यकता अनुसार डाक्टरको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । सही सूचना प्राप्त गर्नुपर्छ । अनावश्यक बजारहल्लाको पछाडि लाग्दा तनाव उत्पन्न हुन्छ । त्यसैले आफू पनि बाँचौं र अरूलाई पनि बचाऔं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्