२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

दामोदर पुडासैनीलाई लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि

नेपाल संस्कृत विश्वविद्यालयले दामोदर पुडासैनीको शोधप्रबन्ध ‘कम्यारेटिभ स्टडी अफ एनसेन्ट एन्ड मोर्डन गभरमेन्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि –पिएचडी) उपाधि प्रदान गरेको छ।

नेपाल संस्कृत विश्वविद्यालयले निर्णय गरी उक्त उपाधि प्रदान गरेको हो । यसअघि पुडासैनीले गएको असोजमा पूर्व वाक् परीक्षा (प्रि भाइवा) र फागुनमा वाक्परीक्षा –भाइवामा सफलता हासिल गरेका थिए।दामोदर पुडासैनीले हासिल गरेका लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि हो।

त्रिभुवन विश्वविद्यालयका अनुसन्धान प्रमुख प्राडा सञ्जयकुमार श्रेष्ठ पुडासैनीको शोध निर्देशक हुनुहुन्छ भने त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा भोजराज अर्याल र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा सुधनकुमार पौडेल पुडासैनीका शोध विशेषज्ञ रहेका थिए । त्यसबाहेक प्राडा गणेश अधिकारी र डा. हरिदत्त पाण्डेय पुडासैनीका बाह्य परीक्षकको रूपमा रहेका थिए।

शोधप्रबन्धमा पुडासैनीले प्राचीन कालदेखि वर्तमान सम्मको लेखापरीक्षणको विकासको विश्लेषण गरी आगामी दिनमा लेखापरीक्षण क्षेत्रमा गर्नुपर्ने सुधारका बाटाहरू समेत औल्याएका छन् । लेखापरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी भ्रष्टाचारको पहिचान र निवारणमा समेत लेखापरीक्षण सहायक सिद्ध गर्ने बाटाहरू कम जनशक्तिबाट बढी परिणाम र गुणस्तरीय लेखापरीक्षण गर्ने उपायहरू, लेखापरीक्षणको माध्यमबाट तत्कालै त्रुटि, भूल, जालसाजी र हिनामिना पत्ता लगाई सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनका बाटाहरू देखाउने कार्यमा समेत पुडासैनीको शोधप्रबन्धले मार्ग प्रशस्त गरेको छ।

पुडासैनीको शोधप्रबन्धमा निकालिएको निष्कर्षलाई अवलम्बन गर्ने हो भने राष्ट्रमा गरिएको आम्दानी र खर्चको सदुपयोग हुने, तत्क्षणमा लेखापरीक्षण गरि तत्कालै सुधारको क्षेत्र अनुसरण गर्न सकिने हुँदा लेखापरीक्षण क्षेत्रमा विश्वमै आमूल परिवर्तन आउने स्थिति छ । उनका निष्कर्षले सरकार, अनुसन्धानकर्ता, लेखापरीक्षण क्षेत्रका विविध पक्षहरू र सर्वसाधारणसमेत उच्च रुपमा लाभान्वित हुने स्थिति छ।

लेखापरीक्षण विषयमा नेपालमा पहिलो विद्यावारिधि (पिएचडी) हाँसिल गर्नुहुने दामोदर पुडासैनीले लेखापरीक्षण क्षेत्रमै सैंतीस वर्ष कार्य गरी नायब महालेखा परीक्षकको पदबाट गत जेष्ठ महिनामा सेवा निवृत्त भएका थिए । त्यसपछि तत्कालै त्रिभुवन विश्वविद्यालयले उनलाई आर्थिक व्यवस्थापन विज्ञको रूपमा नियुक्त गरेको थियो । त्यसबाहेक धेरै संस्थाहरूको आर्थिक तथा प्रशासनिक सुधारका लागि पुडासैनीले आफ्नो योगदान पुयारउँदै आएका छन् ।

दामोदर पुडासैनी वरिष्ठ साहित्यकार पनि हुन् । हालसम्म उनका पाँच नियात्रासङ्ग्रह, दश कवितासङ्ग्रह र एक दर्शन कृति गरी सोह्र पुस्तक प्रकाशित छन् । दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका दामोदर पुडासैनीले गत माघमा १ लाख १ हजार रकमको धर्मानन्द रामप्यारी सिटौला चेतना संरक्षण पुरस्कार प्राप्त गरेका थिए भने चैत्र महिनामा राष्ट्रपतिले जनसेवाश्री पदकद्वारा विभूषित गरेका थिए।

त्यसबाहेक पुडासैनीका कृतिहरूले उत्तम शान्ति पुरस्कार, व्यथित काव्य पुरस्कार, तन्नेरी पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू हासिल गरेका छन्। त्यसबाहेक पुडासैनीका कृतिहरूले उत्तम शान्ति पुरस्कार, व्यथित काव्य पुरस्कार, तन्नेरी पुरस्कार जस्ता थुप्रै पुरस्कारहरू हाँसिल गरेका छन् ।

पुडासैनीले नेपालका छयहत्तर जिल्ला र विश्वका चार दर्जनभन्दा बढी मुलुकहरूको भ्रमण गरेका छन् । लेखापरीक्षण विषयको पहिलो विद्यावारिधि उपाधि हासिल गरेका वैशाख २ गते पुडासैनीलाई सारथि नेपालले सम्मान अर्पण गरेको छ। वरिष्ठ साहित्यकार दामोदर पुडासैनीको कृतिहरू र उहाँको व्यक्तित्व र कृतित्वमा विश्वविद्यालयका १६ विद्यार्थीले शोधप्रबन्ध तयार गरिसकेका छन् ।

प्रकाशित: २१ वैशाख २०७८ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App