२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

धमिलो मूल अत्याचारी शासक नुनिला आँसु

हाइकु

हेमसागर पोखरेल

 

 

हाइकुहरु

 

    १) 

लजायो मेघ

सगरमाथा हाँस्दा

चम्किलो घर!

     २)

 गुराँस फुल्दा

डाँफे चरी फुरुङ्ङ

जगतै मक्ख!

      ३) 

रापिलो भुङ्ग्रो

नक्कली दर्शनमा

झिल्सियो रोटी!

     ४) 

पोखियो रङ्ङ

गोजीभरि दाग छ

फोहोर पानी!

      ५)

 धमिलो मूल

अत्याचारी शासक

नुनिला आँसु ।

     ६) 

झ्यासको थुप्रो

अजिङ्गरको बच्चा

झस्किँदो पल!

       ७) 

बाक्ला चिचिला  

अनियन्त्रित रजाइँ

सिक्रियो डाली!

       ८)

 हरियो रुख

सुगाको बथानले

मोहित यात्री!

     ९) 

जुनेली पल

सुमधुर झझल्को

कोक्यायो याद!

      १०) 

डाँफेको वेग

घुर्मैलो छ क्षितिज

कहाली लाग्छ!

प्रकाशित: २० वैशाख २०७८ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App