२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

महाराज

लघुकथा

 लक्ष्मण अर्याल  

 

‘जीवन त नर्कमय भो।’  – पैतालाले उसका सामु दुखेसो बिसाए । कुर्सीमा आसीन उसले भन्यो – के दुधभात पनि मिलेको छैन ?

पैतालाले भने – हामी रैतीबाट कहिल्यै उठ्न सकेनौं । जसोतसो जोहो भएको दुधभातको प्राप्ति मात्रले जीवन बनेन । अब कहिले हुन्छ हाम्रो समस्याहरूको निदान ?

‘बुझें – बुझें, प्रयास गर, कोसिस जारी राख, उडेर चन्द्रमा छुने लक्ष्य लेऊ।’  – ऊ बोल्या।  

कुर्सीमा आसीन उसको बोलीको भंगीमा सुनेर आश्चर्यमा परेका पैतालाहरूले कानेखुसी गरे – ओहो, बितिसकेका महाराजका आवाजसँग ठ्याम्मै मिल्ने आवाज! कस्तो अविश्वसनीय आश्चर्य, यस्तो पनि हुन्छ र ? यही यथार्थ हो।

पैतालाहरूका कानेखुसीले तर्सिएको उसले कड्किंदै भन्यो – केको कानेखुसी ? हाकाहाकी कुरा राख।

एक बुढो फुटेका पैतालाले निधारमा हातको पाली बनाएर कुर्सीपट्टि हेरेरै भन्यो – ए तिमी त महाराज नै बनिसकेछौ हगि ।बिर्स्यौ – केही वर्ष अगाडि एउटा महाराज हटाउन तिमी हामी दुवै एकै सडकमा थियौं।

(सन्दर्भ – श्रमिक दिवस)

प्रकाशित: १८ वैशाख २०७८ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App