२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सत्यवती सार्वजनिक

पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ। व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक विकृति र विसङ्गतिको ऐँजेरुलाई निर्ममतापूर्वक छिमल्ने काम गरेको लेखक रिजालले बताएका छन् ।

कोरोना राहत

हेर्नुस् त, साहुका परिवारले जनैपिच्छे राहत लगे। यो त धनीको सरकार हो । मालाई बताइदिनुस् न, हामी गरीबको सरकार कहाँ बसेको हुन्छ होला ?

सुरक्षित गर्भपतन सेन्टरमा छोरीहरूको चित्कार

मलाई त्यतिबेला लाग्यो । छोरी भनेको दुखको सुरुवात हुनु हो । मलाई त्यतिबेला किन छोरा भइनँ भन्ने कुरामा निकै ग्लानि हुन्थ्यो । त्यतिबेला म घरमाथिको किम्बुको रुखमुनि बसेर बेसरी रुन्थेँ । उड्दै गरेको केमेरा चरी हेर्थेँ । त्यसैगरी उडेर टाढाटाढा जान मन लाग्थ्यो । कसैले नेदख्ने ठाउँमा कसैले नभेट्ने ठाउँमा।

अचानक

यसरी अचानक हाम्रो अगाडि आउने त्यो अरू कोही थिएन बासी विचारको गरौं भारी बोकेर बकम्फुसे कुतर्क गर्दै हिँड्ने बासी मान्छे अर्थात् बालुवाटार र सिंहदरबारमा बस्ने विवेकहीन भ्रष्ट मान्छेहरूको जमात थियो !

देशको खोजी

राजनेताहरूले त्यो सडकमा समानुपतिक रूपमा चालकहरू राख्ने प्रयत्न गरिरहेका थिए । मोटर देखेर तर्सने मान्छेहरूलाई पनि जबर्जस्ती चालक बन्न प्रेरित गरिरहेका थिए । त्यस्ता कमजोर चालकले हाँकेको गाडी चढ्ने यात्रुहरू दुर्घटनामा परिएला भनी भित्रभित्र भयभित थिए । बच्चैदेखि गाडी सिकेर हाँक्दै आएका चालकहरूको दाँजोमा तिनीहरू निरीह देखिन्थे।

चन्द्रलोक साथी

हेर त्यो ग्रुपका साथी एकदुई गन्दै डोरी खेल्दै छन्। त्यो गणितको पढाइ हो। अर्को ग्रुपमा हेर बिरूवा लगाउँदै पानी पनि हाल्दैछन्। तिनीहरू साइन्स पढ्दै छन् अनि अर्को ग्रुपका साथीहरूलाई हेर गानाबजाना गर्दै नाचिरहेका छन्। त्यो सिर्जनात्मक अभिव्यक्ति हो।

अभिभावक

कुनै कसविनाको स्वच्छ मन । खेलमा सबै जना उत्तिकै रमाइरहेका । विघ्न बाजा बजाएर आउँदैन भनेझैं एक्कासि एक जना आफूलाई सुकिलो ठान्ने अभिभावक टप्के। आफ्नी छोरीलाई मुन्ट्याए, खेल भत्काइदिए। बालकहरू निरास देखिए।मलाई ती सुकिला मान्छे को रहेछन्, के गर्दा रहेछन् ? जान्न मन लाग्यो । मेरो जिज्ञासा मेटाउन सँगै गफ गरिरहेका उमेशले परिचय गराउँदै भन्नुभो– उहाँ बालअधिकारका क्षेत्रमा काम गर्ने यो बस्तीको अगुवा हुनुहुन्छ !

संगिनीसँग समान व्यवहार

संगिनीको मनमा यो कुरा पनि आउन सक्छ कि कहीँ पतिले दासीको रूपमा त हेर्ने गरेको छैन । यथार्थमा वैवाहिक जीवन सुखमय हुनुपर्दछ र यसका लागि सबभन्दा महत्त्वपूर्ण कुरा पतिले पत्नीको भावना बुझून् र त्यहीअनुरूप व्यवहार गरून्, नत्रभने वैवाहिक सम्बन्ध नै कमजोर बन्दछ र चाँडै नै पारपाचुकेको सम्भावना जन्मन पनि सक्छ।

सेतो डल्लो

गाउँले सबै कारखानामा गए । कारखानाबाट निस्कने फोहोर विषादी नदीमा मिसाउन बन्द गराए । घरबाट निस्कने ढल नदीमा मिसाउन बन्द गराए । नदीमा फालिएका फोहोर सरसफाइ गरे । नदीमा फोहोर फाल्न नपाइने नियम बनाए। नदीको पानी फेरि सफा हुँदै गयो । त्यहाँबाट भागेका माछाहरू बिस्तारैबिस्तारै फर्कन लागे । बिहान भएपछि नदीको सफा पानीमा सेतो डल्लो फेरि देखिन लाग्यो । माछाका भुराहरू सेतो डल्लोसँग रमाउँदै खेल्न लागे ।

पुरुषार्थी छोराछोरी

छोराछोरीका कुरा सुनेर दुवै जना–तिमीहरूका लागि... बिचैमा रोके तीनै जनाले र भने–हामी आफै कामयाव हुन चाहन्छौं । बाआमाको कमाइमा पुरुषार्थ देख्ने पराश्रित हुन चाहन्नौं । हामी आफै केही गर्न नसक्ने नामर्द हैनौं । सन्तानलाई सक्षम बनाउने हो, धन थुपारिदिने होइन असल अभिभावकले ! यति के भनेका थिए ! बुढाबुढी दुवैले भुइँतिर हेर्न थाले। छोराछोरी कापीकलम च्यापेर क्याम्पसतिर लागे !

पुरुष

–एउटा कुरा नि दिदी , जति दुख परे पनि वीरु दाइको आँखामा आँसु कहिले नि देखिएन। होइन, पुरुष रुन जान्दैनन् र ? कि पुरुषले रुनु नै हुँदैन? – लौ , के भनेकी ? पुरुष किन रुँदैनथे ? ती पनि त मानिस नै हुन् नि ! तिनका नि भावना छन् क्यारे ! फरक कत्ति छ भने उनीहरू भित्रभित्रै आँसु पिएर रुन्छन् । एकान्तमा रुन्छन् । हामी महिलाजस्तो गरेर बाहिर आँसु चुहाउँदैनन् !

आह्वान

समयले कोल्टो फेरेको बेला अनन्त निद्रा निदाउँछौ कति? तिमी कुम्भकर्ण बनिरहँदासम्म,डढेलो लागिसक्नेछ, मनहरूमा आफन्तकै, तब,आँखाभरिको आस्था,सपना खरानी बन्ने छ त्यसैले,विवेकको पुकारा सुन, समयको शंखनादमा तिम्रो गतिशीलतामा अब गोर्खाको मुक्तियुद्धले विजयको पताका फहराउनुपर्छ।

छापामार केटो

हिजो मात्र मलाई कल गरेको थियो–मिस, मैले नपढेर ठूलो गल्ती गरेछु। देश बनाउन भन्दै सर्वसाधारणको काँधमा बन्दुक राखेर हिँडे। आँखै अगाडि कति विधवा र अनाथ भए। त्यति गरेर आएको गणतन्त्र त नेताको घुम्ने कुर्सीको खेल भयो। नेपालीहरूको दुर्गति बढिरहेको छ। साँच्चि नेपाल आमाले पो मलाई माफ गर्छिन् कि गर्दिनन् ?

यादहरू

कल्पनामा जोगी बनेर हिँड्छु भिक्षा बनेर आइदिन्छन् पागल बन्छु कहिलेकाहीँ पागलपन बनेर आइदिन्छन् सडकमा लेन बनेर पहाडमा टाकुरा बनेर गाउँमा स्वच्छता बनेर शहरमा भिड बनेर आइदिन्छन् तिम्रा यादहरू।

फूलहरू

मरेर बाँच्नेहरूका लागि एकमास हाँसेर बाँच्ने फूल यथार्थमा कसरी पर्याय बन्न सक्छ? कसरी साँचो बिम्ब बन्न सक्छ फूल? त्यसैले मलाई नचढाउनु फूल म मरेर बाँचेका बेला...!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्