१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

सकस

लघुकथा

केशव मोहन अधिकारी  

  

विनोद कामबाट घर पुग्यो। घर पुग्दा खाजा तयार थियो। हल्का फ्रेस भएर खाजा खायो। पाँच वर्षकी छोरी आएर काखमा बसी। छोरीले गीत गाएर सुनाई । दिनभर स्कुलमा केके भयो सुनाइ । ममी र ऊ भएर कसरी सपिङ गर्न गए र उसलाई मन पर्ने केके कुरा किने बेलिबिस्तार लगाई।

उसको श्रीमती नजिकै आएर बसिन्। उसका लागि किनेर ल्याइदिएको नयाँ गन्जी र चप्पल नाप्न लगाइन्। दुवै विनोदलाई मन पर्ने ब्रान्ड र उसलाई मिल्ने र सुहाउने आकारका थिए।  

‘तिम्रो लागि अब एकजोर जुत्ता किन्दिन्छु। फेरफार गरेर लगाउँदा राम्रो हुन्छ। आज पैसा नपुगेर मात्र। अब मेरो तलब आओस् अनि....!’

उसकी श्रीमतीले भनिन्,’ तिमीलाई केही छान्नै आउँदैन। बेकार पैसा र समय मात्र बरबाद गर्छौ’ उसले थपिन्।

विनोद केही बोलेन। उसले आफ्नो अफिसको नयाँ महिला स्टाफसँगको परिचयमा आफूलाई ’अविवाहित’ भनेर परिचय गराएको कुरा मात्र सम्झियो।

प्रकाशित: २२ वैशाख २०७८ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App