२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जनकपुर–जयनगर रेल आज देखि महोत्तरीको भंगहासम्म संचालन हुने

जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुँदैछ । आज भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा सम्म पुग्ने छ।

जनकपुर–जयनगर रेल महोत्तरीको भंगहासम्म संचालन हुने

जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आइतबारदेखि विस्तार हुने भएको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा सम्म पुग्ने छ।

नेपालमा पहिलो ब्रोडगेज रेल सेवा सुरु, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्दै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १२ बजेर २० मिनेटमा संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गर्दै छन्।

आइतबारदेखि चल्ने भयो जनकपुर–जयनगर रेल

जनकपुर–जयनगर रेल आइतबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेपछि आइतबारदेखि रेल सञ्चालनमा आउनेछ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ ९साविक बर्दिबास गाविस क्षेत्र को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो। बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए।

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ। पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

घुम्टो खोल्दै जनकपुर-जयनगर रेल

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन गत वर्ष असोजमा परीक्षण सेवा सुरु गरिएको थियो।

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ।

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु-याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ। चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ।

माघ तेस्रो सातादेखि सञ्चालन हुने

जनकपुर–जयनगर–कुर्था खण्डमा आउँदो माघ तेस्रो सातादेखि (फेब्रुअरी पहिलो साता) रेल सञ्चालन हुने भएको छ। नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले दोस्रो पटक संशोधन गरिएको सम्झौता अनुसारको मितिमा बनाएकाले माघ तेस्रोदेखि सञ्चालनको तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

‘कर्मचारी नभई रेल चल्दैन’

सरकारले चालु वर्षभित्रै जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने प्रचार गरे पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन। यसले चालु आर्थिक वर्षभित्र रेल सञ्चालन हुनेमा अन्योल उत्पन्न भएको छ।

रेल किन्न बजेट थप

सरकारले जनकपुर–जयनगर–कुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित हुने हो कि भन्ने आशंका व्याप्त थियो।

जनकपुर–जयनगर रेलको सफल परीक्षण

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ। विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो।

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्