६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेकपाका नेता रिहा हुनेबित्तिकै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वजिल्ला इन्चार्ज पुष्प कोइरालालाई अदालतबाट रिहा हुनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीमाथि अर्काे मुद्दा रहेको भन्दै प्रहरीले पक्रेको हो।

एनसेल र एमसीसीलाई विप्लवले नछाड्ने

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बहुचर्चित अमेरिकन कार्यक्रम मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एनसेललाई नछाड्ने चेतावनी दिएको छ।

विप्लव समूहद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई सरकाले कुर्सी जोगाउन ल्याएको बताएको छ।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

हामी दुःख गरी खाने नेपालीको चाहना अझै पूरा भएको छैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको सपना पूरा नभएको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा विप्लवले दुःख गरेर खाने नेपालीको चाहना अझै पूरा नभएको बताएका हुन्।

विप्लवलाई सरकारमा ल्याउने तयारी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको छ।

रिहा गर्ने सर्वोच्चको आदेश लगत्तै विप्लव समूहका नेता वास्तोला पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला अदालतको आदेशमा रिहा भए लगत्तै पक्राउ परेका छन्। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।

विप्लव सरकारसँग वार्ता गर्न तयार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ।

विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ।

वडाध्यक्षमाथि आक्रमणको आरोपमा पक्राउ

दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ।

गोर्खा भर्ती केन्द्र खारेज गर्न विप्लवको माग

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गोर्खा भर्तीकेन्द्र खारेजीको माग गरेका छन् । नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य उचित र स्वीकार्य नभएको भन्दै भर्तीकेन्द्र खारेजीको माग गरेका हुन्।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ। गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्