१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

इलाममा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो

इलाममा बिहान ११ बजेसम्ममा ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको कार्यालयका सूचना अधिकारी जगदीश भट्टराईले बताए।

इलाममा उत्साहपूर्ण मतदान [फोटो फिचर]

इलाममा उत्साहपूर्ण रूपले मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजे नै जिल्लाका मतदान केन्द्रहरूमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाममा एकै वडाका पाँच उम्मेदवार !

आउँदो २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ जिल्लाको एकै वडाका ५ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले इलाम नगरपालिका–७ घर भएका छिमेकी पाँचै उम्मेदवारलाई प्रतिस्पर्धा गराउन लागेका हुन् ।

इलाममा एक मजदुरको ‘शंकास्पद’ मृत्यु

जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।

इलाममा तीन कैदीको सजाय मिनाहा

दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे दीर्घराज गिरी छन्।

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाममा पहिरोले पुर्‍यो विद्यालय भवन

चुलाचुली गाउँपालिका वडा–१ स्थित सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर पहिरो जाँदा विद्यालय भवन पुरिएको हो ।

इलाममा सर्पले डसेर शिक्षकको मृत्यु

जिल्लाको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

इलाममा काँग्रेसको उम्मेद्वार छनौट अन्तिममा

जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको नाम छनौट अन्तिम चरणमा पुर्याएको छ । ३ दिनयता बसेको जिल्ला समिति बैठकले मुख्य पदका अधिकतर उम्मेदवारको नाम ‘करिब’ टुंगो लगाएको हो ।

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

इलाममा पर्यटकको ओइरो, व्यवसायीलार्इ पाहुना धान्नै मुस्किल

पर्यटकीयस्थलका होटललाई मुख्य सिजनमा आएका पर्यटक धान्न धौधौ परेको छ । जिल्लाका प्रमुख पर्यटकीयस्थलमा होटल नहुँदा र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकले सुविधा पाउन नसकेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्