२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फौजी कीराको प्रकोपले धानबाली सखाप

नेपालगन्ज उपमहानगरपालिकाको पुरैना र पुरैनी, डुडुवा गाउँपालिकाको हिरमिनिया र बेतहनी तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेपुरमा केही दिनयता फौजी कीराको प्रकोप ह्वात्तै बढेको हो। फौजी शैलीमा आक्रमण गर्ने कीराले धानको बाला काटेर नोक्सान पु¥याइरहेको किसान बताउँछन्।

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् ।

भारतीय सहयोगमा कुलेश्वर माविको भवन

भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

फोहोर व्यवस्थित नहुँदा सास्ती

जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थित गर्न नसक्दा नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ। उपमहानगरले दैनिक सफा गर्नुपर्ने फोहोर सफा नगरी जितपुर, सिमरा, पथलैयालगायत बजार, चोक र सडकछेउमा लामो समयसम्म छोड्दा सर्वसाधारणलाई सास्ती भएको जितपुरका व्यवसायी पुष्कर रायमाझीले गुनासो गरेका छन्।

वन्यजन्तु र मानवबीच बढ्दै द्वन्द्व

धनगढी उपमहानगरपालिका–३ बडहराका कालुराम चौधरीलाई गत शुक्रबार बेलुकी खेतमा धान रखवाली गर्न गएका बेला जंगली बँदेलले घाइते बनायो। बँदेलले दाहिने खुट्टामा टोकेर घाइते बनाएपछि उनी सेती अञ्चल अस्पतालमा उपचार गराई घर फर्केका छन्। बडहरामा हिजोआज लहलहाउँदो धानबाली जंगली बँदेलले सखाप पार्ने गरेको छ। बँदेलले धान खेती नष्ट गर्न थालेपछि किसानहरू राति खेतमै पहरा दिन थालेका छन्।

संविधान दिवसमा बालाजु र रत्नपार्कमा निःशुल्क प्रवेश

काठमाडौं महानगरपालिकाले असोज २, ३ र ४ गते रत्नपार्क र बालाजु बाइसधारा पार्कमा जाने सर्वसाधारणलाई निःशुल्क प्रवेश दिने भएको छ । महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा पार्कमा निःशुल्क प्रवेशको व्यवस्था गरेको हो ।

काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउने जापानको प्रस्ताव

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे।

पोखरामा दुईको मृत्यु

पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ। पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

इन्द्रजात्रामा रमाए विदेशी पाहुना, अमेरिका, जापान र भुटानका प्रतिनिधि दंग

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाले आज पदयात्रा गरी काठमाडौंको पुरानो भित्रीशहरका विभिन्न स्थानहरू अवलोकन भ्रमण गरेका छन्। पदयात्राअघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा मेयर विद्यासुन्दर शाक्यलगायत विभिन्न पदाधिकारीले स्वागत गरेका थिए।

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषको घोषणा गरेका हुन्।

इन्द्रजात्रामा पहिलोपटक चीन, अमेरिका र जापानसहित ६ देशका पाहुना

काठमाडौं उपत्यकामा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुना आउने भएका छन्। पाहुनाहरु बुधबार साँझ तथा बिहीबार विहानसम्म काठमाडौं आइपुग्ने छन्।

डेंगु न्युनिकरणका लागि काठमाडौं महानगरकाे जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नम्बर २१ ले मंगलबार डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको छ।

गुँलाबाजा संरक्षणमा काठमाडौं महानगर, अनुदान रकम बढ्यो

काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्।

ठेकेदारलाई मेयर शाक्यले भने: धरहरा निर्माणमा ढिला–सुस्ती स्वीकार्य छैन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको  टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्