२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेशसभा स्वतन्त्र उम्मेदबारको गोली प्रहार गरी हत्या

गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ।

हुसेन हत्या प्रकरण: सहमतिपछि परिवारले लाश बुझ्यो

गोली हानी हत्या गरिएका नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका हेल्पर मोहम्मद फिदा हुसेनको परिवार र सरकारी अधिकारीबीच सहमती भएपछि हुसेनको परिवार बिहीवार लाश बुझ्न राजी भएको छ।

धर्ना अन्योलमा

निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो।

मैना सुनुवार हत्या काण्डमा सेनाको पूनरावेदन त्रुटीपूर्ण

मैना सुनुवार हत्याकाण्डमा नेपाली सेनाले सर्बोच्च अदालतमा गरेको पुनरावेदन कानुनीरुपमा त्रुटिपूर्ण रहेको इन्टरन्याशनल कमिसन अफ जुरिष्ट(आईसीजे)ले जनाएको छ।

हुसेन हत्याको आशंकामा छ भारतीय पक्राउ

सुनसरीको दुहवीमा ईटा उद्योगका सञ्चालक मोहम्मद फिदा हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन्।

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

प्रदेश कार्यालय अगाडि हत्या गरिएका युवकका हत्यारालाई कारवाही र शान्ति सुरक्षा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले सोमवार धनगढीमा प्रदर्शन गरेका छन्। फितलो सुरक्षा व्यवस्थाले असुरक्षा बढेको र प्रहरीले अपराधीलाई बचाउने चलखेल गरिरहेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन्। सोमवार धनगढी ट्राफिक कार्यालय अगाडिबाट शुरु भएको र्याली नारावाजी सहित जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो।

खशोग्जी हत्याकाे ‘पीडादायी र हिंसात्मक’ टेप सुन्नै सकिनँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन्। त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उनले बताएका छन्। साउदी अरेबिया सरकारका कटु आलोचक अर्थात् अमेरिकी पत्रिका ‘द वासिङ्टन पोष्ट’ का स्तम्भ लेखक खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोराको हत्या

रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तवहादुर बुढाले आफ्नै ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ।

थप चारको डिएनए पनि मेल खाएन

निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा डिएनए जाँचका लागि पठाइएको चारजनाको नमुना पनि मेल नखाएको रिपोर्ट आएको छ ।

शंकास्पद सबैको डिएनए जाँच गर्ने प्रहरी तयारी

निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ।

बालिका हत्या आरोपीको पहिचान

चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो।

पत्रकार खसोग्गीसम्बन्धी हत्या रेकर्डिङ हस्तान्तरण

टर्कीले पत्रकार एवं लेखक जमाल खसोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ हस्तान्तरण गरेको छ।

धर्ना बस्दै निर्मलाका आमाबुबा

निर्मला पन्तको हत्या भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि उनका आमाबुबा आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन्।

गोली हानी हत्या

बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।

न्याय हराएको सय दिन

निर्मला पन्त बलात्कार र हत्याकाण्डको सय दिन भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । सय दिनसम्म पनि हत्यारा पत्ता नलगाएर आफ्नो निरिहपन देखाएको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रहरीको चर्को आलोचना भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्