२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मृत्युको भय

मोबाइल एकोहोरो बजिरहेको थियो। उसले उठाउने हिम्मत पनि गर्न सकेको थिएन। दुईतीन पटक लामो रिङ बजेपछि उठायो–नमस्ते, म लाइफ केयर अस्पतालबाट। माफ गर्नुहोला, तपाईँले लिएर जानुभएको रिपोर्ट साटिएको रहेछ। कृपया त्यो फिर्ता ल्याइदिनुहोला।

‘लोफर’ उपन्यास र म

धेरैभन्दा धेरै पुस्तक पढिसकेपछि मात्र पुस्तक लेख्ने ज्ञान र शैली हासिल गर्न सकिन्छ। पछिल्लो समयमा नेपालमा पठन सस्ंकृतिको विकास भएको देख्दा हर्षित छु। पुस्तक पसलहरू बढ्दै गएको देखिन्छ।

फुर्के भूत

‘फुर्के भूत पनि हुँदोरहेछ!’ सनमायाको अन्तरात्मा डरायो। कयौंपटक राति उसको हजुरभित्रको मौन भूतको उपद्रोह सम्झिदा सनमाया भयले खुम्चिन्छे। त्यो दृश्यमा उसले भूतको अवतार देखेकी थिई।

त्रिविक्रम पाण्डे दुई गीत

मुस्किल पनि तिमी मेरो सारा हल पनि तिमी,छात्तीभित्र जेजे हुन्छ त्यो हलचल पनि तिमी। भेटुँ–भेटुँ लाग्छ तिमीलाई देखुँ–देखुँ लाग्छ,गीत बनाई तिमीलाई नै लेखुँ–लेखुँ लाग्छ।

के खाजा?

ठीक भन्नुभयो। मलाई बाआमाले दिनको बीस रुपैयाँ पनि दिनु हुन्न। हजुर नरिसाई हेर्नुहोस् न मेरो नास्ता तालिका। किशोरले भन्यो।

पानीका बुँदहरू

गन्धहीन, रङ्गहीन निराकार पानीका बुँदहरू अन्ततः शून्य सगरमा बाफ भएर हराउँछन् बतासको वेगमा रुमलिएर अन्तिरक्षमा बेखबर हुन्छन्।

‘माया गर्नुको अर्थ ‘ सार्वजनिक

गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक भएको छ। जूम प्रविधिका माध्यममा आयोजित ‘अनेसास शब्द–सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो।

औषधि

शिक्षकले उसको कुरा सुनेर भने, ‘हुन्छ, पहिले यो त भन। त्यो औषधिको नाम अनि नजिकै पाइने ठाउँ?’ उसले घोप्टो मन्टो पारेर भन्यो, ‘पाउरोटी,जुन हाम्रै विद्यालय अगाडिको चिया पसलमा पाइन्छ।’

छोएर जानेहरू

मलाई छोएर जानेहरू आँखाको डिलै डिल भएर गए। आँखाबाट भुइँमा खस्नेहरूले भिन्नाभिन्नै पिँजराभित्र भिन्नाभिन्नै नक्साहरू कोरेर गए।

साँपहरू

महाशय, दूध पिलाएर पालेका साँपहरूले दूधको नसाले मातेर रक्ताम्य हुने गरी आफ्नै नजर अगाडि ठूलाठूला खत पारेर डसेपछि दूध पिलाउनेलाई कति दुख्छ?

भिखारी

हैन लेन यार, कति दिनदेखि बिचराले खान पाछैन होला। दिऊँ भनेर धनेले भन्यो तर मनेले पैसा लिएर निकै पर पुगिसकेको थियो।

यस्तै रैछ जिन्दगीमा भोग्दै जानुपर्ने

दुःखसुख दुवै साथी, छैन केही पीर, यो मन सधैं दौडिरन्छ, छैन कहिलै स्थिर। कैले डेरा कैले घर, बसिम धेरै वर्ष, कैले पीर कैले दुःख, कैले हुने हर्ष। यस्तै रैछ जिन्दगीमा, भोग्दै जानुपर्ने,जे लेखेको छ जन्मी आउँदा, टारेर नटर्ने।

सरकारी भाषामा संविधानको बर्खिलाप

नेपाल सरकार स्वयं र यस अन्तर्गत रहेका राज्यका उक्त निकायहरूले नेपालको संविधानमा रहेका उक्त शब्दहरूको हिज्जे बिगारेर संविधानको बर्खिलाप गरेको स्पष्टै छ।

मार्क्सवाद सिकाउने नेपालको पहिलो गुरु

गहिरिएर बुझ्न सक्ने क्षमता भएका कारण टुँडिखेलमा त्यतिवेला उनले २००७ सालको परिवर्तनबाट खुला आकाशमा सास फेर्न पाएकालाई कार्ल मार्क्सले प्रतिपादन गरेको सिद्धान्त सिकाइरहेका थिए।

परिचित परिवेशका कथा

कथा समकालको भोगाइको प्रकटीकरण हो। त्यसको जरा अतीतको भूगोलमा रहेको हुन्छ। हिजो रोएको व्यक्ति अहिले फिस्स हाँसेको देखिन्छ। हाँसोभित्र लुकेको वेदना चाल पाएर पाठकलाई त्यसको पोकोपुन्तुरो फुकाएर सही सवाल प्रस्तुत गर्नु कथाकारको मुख्य जिम्मेवारी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्