२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

त्रिविक्रम पाण्डे दुई गीत

गीत

त्रिविक्रम पाण्डे

मुस्किल पनि तिमी मेरो सारा हल पनि तिमी,

छात्तीभित्र जेजे हुन्छ त्यो हलचल पनि तिमी।

भेटुँ–भेटुँ लाग्छ तिमीलाई देखुँ–देखुँ लाग्छ,

गीत बनाई तिमीलाई नै लेखुँ–लेखुँ लाग्छ।

रमाइलो यो जिन्दगानी तिमी छउञ्जेली,

तिमी नै हौ पूर्णिमा मेरो जीवन उजेली।

मनभरि मच्चिन्छ जो त्यो खलबल हौ तिमी,

छात्तीभित्र जेजे हुन्छ त्यो हलचल हौ तिमी।

निराशा उजाडता छाउँछ तिमी समीप नहुँदा,

तिमीबाहेक रुँदैन कोही दुःख–पीरमा म रुँदा।

तिमी छौ र बाँचेको छु पीर लुकाई हाँसेको छु,

तिमीसँग लौ आत्मीय नाता साइनो गाँसेको छु।

स्वच्छन्दता स्वतन्त्रता मेरो कर बल हौ तिमी,

छात्तीभित्र जेजे हुन्छ त्यो हलचल हौ तिमी।

 

२) आज म आफैंलाई कहीँ भेट्न जाँदैछु,

मनभरिको तीर्खा प्यास मेट्न जाँदैछु।

एकातिर धड्कन पर्‍यो दिल अर्काेतिर,

लक्ष्यविहीन बनेँ म यहाँ यात्रु मुसाफिर।

फेरे नि हो सास लाग्छ म जीवित छैन,

जिन्दगानी भन्नु सास फेर्नु मात्रै होइन।

आफ्नो भाग्य आफ्नै हातले लेख्न जाँदैछु,

मनभरिको तीर्खा प्यास मेट्न जाँदैछु।

छात्तीभित्र ज्वारभाटा फुट्यो ज्वालामुखी,

मझैँ कोही छैन लाग्छ अभागी र दुःखी।

गरिनँ भेद को आफ्नो को हो यहाँ पराई,

आफैंलाई भेटिनँ यहाँ प्रेमप्यारमा हराई।

जीवन आँगन गन्तव्य शिखर टेक्न जाँदैछु,

मनभरिको तीर्खा प्यास मेट्न जाँदैछु।

प्रकाशित: २३ मंसिर २०७८ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App