दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला
तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ।
तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ।
दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया-स्याउले-अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ।
दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ। उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो।
ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।
दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ।
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।
दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहिन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ।
दार्चुलाको व्यास गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ जना महिला र १ जना पुरूष अझै बेपत्ता रहेका छन्।
यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरक्षिक ईश्वरीदत्त भट्टले जानकारी दिए।
क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए।
लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताए।
भारतीय पक्षले दादागिरी शैलीमा सिमामा नेपाली भूभागमा असर पर्ने गरी संरचना बनाउने, नेपाली नागरिक माथि ज्यान नै लिने गरी ज्यादती गर्ने लगायतका हर्कत निरन्तर गर्दै आइरहेको छ।
'सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो', धामीले भने, 'म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ।'
भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विष्फोट गराउँदा घटना भएको उनले बताए। पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन्।