३० वैशाख २०८१ आइतबार
image/svg+xml

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा: लाखौं कुम्ल्याएर सञ्चालक फरार

माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरिया लगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ।

नयाँ वर्षमा टुँडिखेलमा ओशो महोत्सव (फोटोफिचर)

महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल र गजल वाचनलगायत कार्यक्रम भएको छ।

बोधिसत्व स्वामी आनन्द अरुण बागलुङ आउने

‘स्वामी आनन्द अरुण भगवान ओशोबाट ज्ञान लिएर बोधिसत्व प्राप्त गर्नुभएको पहिलो र एक मात्र स्वामी हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँको मुखारवृन्दबाट आध्यात्मिक र जीवनोपयोगी प्रवचन कार्यक्रम हामीले बागलुङमै आयोजना गरेरका छौं। असोज ३ गते सोमबार उहाँ बागलुङमा आउँदै हुनुहुन्छ।’

‘राष्ट्रका लागि तपोवन’ अभियान

जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयम्मा रुपान्तरण भई उसको जीवनशैली, व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो।

बुद्धका सारीपुत्र र ओशोका अरूणलाई सम्झँदा

एक दिन उपासिताले राजगृहमा भिक्षा माग्दै गरेका एक चम्किला भिक्षुलाई देखे। भिक्षुको शान्त, उज्ज्वल व्यक्तित्वले उपासिता अत्यन्त प्रभावित भए। अश्वजित नाम गरेका ती भिक्षु बुद्धका प्रथम पाँच शिष्य मध्येका एक थिए। अश्वजितले भिक्षाटनपश्चात् मागेको खाना खाँदै गरेका वेला उपासिताले उनलाई आफूसँगै ल्याएको पानी पेस गरे। भोजनपछि उपासिताले अश्वजितलाई सोधे, ‘तपाईं शान्त र आनन्दित देखिनुहुन्छ। तपाईंको गुरु को हुनुहुन्छ ? उहाँको के शिक्षण छ ?’

अवोधगम्य ओशो

सामान्य सुधारक योगी र ओशोमा फरक के छ भने सामान्य योगीले तपाईँको जीवनमा केही सुधार गर्न चाहन्छ, मर्मत तथा रेट्रोफिटिङ गर्न चाहन्छ तर ओशोलाई रेट्रोफिटिङमा विश्वास छैन।

त्यो रहस्यमयी भेट

उनले चिया पसलतिर देखाउँदै भने, ‘त्यो चिया पसलेले राति पत्नीसँग सम्भोग गरेको छ र ननुहाई त्यही धोती लगाएर चिया पकाइरहेको छ। तिमीले उसले बनाएको चिया खायौ भने तिमीमा पनि कामवासना जाग्न सक्छ।’ र, मलाई त्यहाँ जान दिएनन्। सिद्ध जोगीहरूको कस्तो अद्भूत दृष्टि ?

तपोवनको गाडीमा आगजनी

ओशो तपोवनको मूल गेटअगाडि पार्किङ गरिएको तपोवनको स्वामित्वमा रहेको बा२क २१४७ नम्बरको बसमा आगजनी गरिएको छ । तपोवनको धनजनलाई नै ठूलो क्षति पु¥याउने नियोजित उद्देश्यसहित अवाञ्छित तत्वले आगजनी गरेको तपोवनका सदस्य सचिव सुदीप पौडेलले बताए ।

‘हु किल्ड ओशो’माथि अन्तरसंवाद

ओशो तपोवनमा भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका रेसिडेन्ट सम्पादक अभय वैद्यको सन् २०१७ मा प्रकाशित खोजमूलक पुस्तक ‘हु किल्ड ओशो’ को सम्बन्धमा एक अन्तरसम्वाद गरियो।

‘ओशो अचम्म जो मैले देखें’

बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखें’ सार्वजनिक भएको छ। ओशो तपोवनमा गत शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणी दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

ऊ आज फेरि आएन

भाग्य पनि कति निर्दयी हुन्छ। दशौं हजार यात्रीहरू बोकेर आउने रेलहरूले उनको प्रेमीलाई आजसम्म ल्याइदिएनन्। ट्रेन पूरै रोकिन नभ्याउ“दै उनी हतार–हतार नजिकैको डिब्बामा छिर्थिन्। यात्रीहरू उनलाई हेय दृष्टिले हेर्थे र राम्रो व्यवहार गर्दैनथे।

आध्यात्मिक केन्द्र ओशो तपोवन

काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो।

ओशो महापरिनिर्वाण दिवस

जनवरी १९ ओशोको महापरिनिर्वाण दिवस हो। जुन दिन एक साधकले बुद्धत्व प्राप्त गर्छन्। त्यस दिनलाई हामी उनको निर्वाण दिवस भन्छौं। निर्वाण प्राप्त व्यक्तिले जुन दिन शरीरको बन्धनबाट पनि मुक्ति पाउँछन् त्यस दिनलाई महापरिनिर्वाण दिवस भन्छौं।

ओशोको दृष्टिमा नेपाल

११ डिसेम्बर ओशोको जन्म दिन हो। ओशो आज भौतिक शरीरमा रहेका भए आज हामी उनको ८७औँ जन्मदिवस मनाइरहेका हुन्थ्यौँ। ओशोलाई भारतमा सबैभन्दा पहिला बुझ्ने वर्ग साहित्यकार, लेखक, कलाकार र पत्रकारको रह्यो। त्यसमध्ये भारतका प्रसिद्ध पत्रकार, लेखक र समाजवादी नेता एमभी कामथले ओशोको जीवनकालमै लेखेका केही उद्वरणले मलाई अत्यन्तै आन्दोलित गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्