खाऊ, खाऊ खाऊ !
खाऊ , जिउँदा पितृ हो खाऊ जति सक्छौ खाऊ जनताको गाँस खोसेर खाऊ राष्ट्रको ढुकुटी लुटेर खाऊ। खाऊ करमाथि कर थोपरेर खाऊ समृद्धिको नारालाई पिसेर खाऊ ठुलाबडाको कर छुत दिएर खाऊ दुई तिहाईको दम्भ देखाएर खाऊ।
खाऊ , जिउँदा पितृ हो खाऊ जति सक्छौ खाऊ जनताको गाँस खोसेर खाऊ राष्ट्रको ढुकुटी लुटेर खाऊ। खाऊ करमाथि कर थोपरेर खाऊ समृद्धिको नारालाई पिसेर खाऊ ठुलाबडाको कर छुत दिएर खाऊ दुई तिहाईको दम्भ देखाएर खाऊ।
मैले त कोरोनाको कहरमा परेका वा कोरोना सर्ने निहुँमा अस्पतालहरूले उपचार नगर्दा अकाल मृत्युवरण गरेकाहरूका शोकाकुल आफन्त वा बाढीपहिरो पीडित वा काम नपाई भोकै बस्न बाध्य मजदुर, किसान र खेताला– गोठालाहरूले पो बैठक गर्न लागेछन् कि भन्ठानेकी...। ठूलाले गर्ने त त्यही बैठक त हो नि। तिनले खुबै गरे भने बैठकपछि सानालाई आदेश दिने, निर्देशन दिने र अरौपरौ गर्ने त हो नि।
समानताका नाराहरू पनि मेरो माटोमा सस्तै किन्न पाइन्छ मात्र महँगो पर्छ शिक्षा, स्वास्थ्य ,कृषि ,यातयात लगायत कमिशनले ढाडिएर फुलेका गरिबले खाने चामल र दालका दानाहरू। महँगो पर्छ, नानीका नानाहरू र महँगो पर्छ नानीका पाठशालाहरू अनि पर्छ महँगो अस्पतालहरू, पाइन्छ सस्तो सपनाहरू अनि मजदुर , किसानका पसिना र रगतहरू। तैपनि नि ! प्रशान्त शान्त नै छन् उनीहरू बालेका छैनन् आक्रोशका दाउराहरू र पिसोल्टिएका छैनन्,
आफूले गल्ती गरे क्षमा मागिहाल्ने तर गल्ती नगर्दा झुक्दै नझक्ने मेरो बाल्यकालदेखिकै बानी हो। आफूले गल्ती गरेपछि माफी माग्नुपर्छ । क्षमा माग्दा कोही सानो हुँदैन भन्ने मेरो मान्यता छ । तर जानेर गल्ती गर्नु भने हुन्न । अनि एक पल्ट गरेको गल्ती फेरि सकेसम्म दोहोरयाउनु पनि हुन्न भन्ने मेरो विचार छ।
केवल विडम्बनाहरूबीच केवल विसङ्गति र बिल्याँटाहरूबीच थाहा भएर पनि थाहा छैन झैं उसलाई थाहा नभएर पनि थाहा छैन झैं उसलाई आजको समय उसको आदिम घोडचढीभन्दा धेरै गुनाले छिटो हिँड्न सक्छ आजको समयउसको गतिहीन गणितभन्दा अथाह गतिले टाढा बढ्न सक्छ ।
मैले सहन छोडेको दिन तिम्रो विभेदको सत्तामा आगो झोसिदिन्छु जतिबेला सामन्ती सभ्यताका हाँगा पात जरा पूरै जलेर खरानी हुनेछ होस गर म होसमा छैन !
मलाई हिजो जस्तै लाग्छ दशैं बिदामा घर फर्किँदा उसँगै यस्तै बसमा एउटै सिटमा कुम जोड्दै यात्रा गरेको। तर समय उल्टिइसक्यो। उसँग कुम जोडेर बस्न अरू कोही आइसकेको छ । बिडम्बना, ऊ मेरी हो भन्ने मेरो अधिकार छैन। कुम जोडेर बस्ने अधिकार पाएको मान्छे उसकै आडमा छ। त्यही पनि म विगतलाई पैतालामा कुल्चिन विवश छु, म निरीह छु। मलाई समयले लाचार बनाइदिएको छ।
तब बुझ्नुपर्छ बा तिमीले, ‘कठै मेरो देश आईसीयुमा छटपटाइरहेछन् मेरो बेहोसीमा भित्रिएका मृत्यसँगै’ एक अञ्जुली रगत आँखाबाट उबाउँदै जब सहिदहरू रुँदै भन्छन् –‘साँच्चै भनूँ,कोमामा गए हाम्रा भरोसा र विश्वासहरू विभूति भएछन् हाम्रा सबै ती त्याग र बलिदानहरू।’
यहाँ मान्छेसँग सिटामोल किन्न पैसा छैन, तिमी भने खाली चुनाव चुनाव मात्र भन्छौ। सास फेर्ने अक्सिजन किन्न सकेको छैन, तिमी भने ठिकठाक छ सबै यहाँ भन्छौ। सयौं लास जलिरहेको छ यता चित्तामा, छोइला पोलेर तिमी दरबारमा चुस्की लिँदैछौ।
तिम्रो र मेरो यो भेट सायद अन्तिम पनि हुन सक्छ फेरि भेट हुन या नहुन पनि सक्छ। यो अविस्मरणीय क्षण केही बाचा र बन्धनहरू गरिहालूँ।मेरी प्रेयसी,बिन्ती पिर नमान्नु सत्ते एकै वाक्यमा भन्छु –सतीको श्राप परेको देशमा खै कुन बेला के हुन्छ ,के थाहा ? जबर्जस्ती लुटिन सक्छु, अपहरित हुन सक्छु घाइते या मृत्यु नै पनि। महामारी पनि त उत्तिकै छ हेर त सबैतिर सोत्तरै सोत्तर।
काखमा बसी लुटपुटिन्छ कति साह्रै बाठो, बुर्लुकबुर्लुक उफ्री हिंड्छ मेरो मुने पाठो। आँखा झिम्क्याई दुवै कान ठाडो पारीपारी, नाच्दै हिँड्छ बुर्लुक–बुर्लुक हाम्रो बारी–बारी। मैले स्कुल जान लाग्दा लाग्छ पछि–पछि,निदाउँछ कहिलेकाहीँ मेरै काखमा बसी।
कहिले त्यो मै हो जस्तो कहिले होइन पनि जस्तो सत्य हो कि भ्रम जस्तो एउटा निराकार बिम्ब जस्तो कुनै अपरिचित मान्छे जस्तो जसले मलाई चलाइरहेको छ म उसैलाई खोजिरहेको छु हो म त आफैंलाई खोजिरहेछु।