१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मिथक

साँझ पर्न लाग्दा एकजना भलादमी देखिने मान्छे त्यही बाटो जाँदै गरेका देखिए। रवीन्द्रले चिनेकै मान्छे थिए उनी। उनलाई पनि बोलाएर भने–हेर्नुस् न सर ! मलाई हस्पिटल लगिदिने कोही भएन। मैले पशुपतिमा सुनको जलारी चढाएँ। परिवार सहित गएर पूजाआजा पनि गरेँ। कृष्णपुरीमा राधाकृष्णको मूर्ति स्थापना गरेर पूजा पनि गरेँ। मलाई त उल्टो फल मिले जस्तो भयो।‘ए ती ? ती त सब मिथक हुन्। विज्ञानले अनुसन्धान गर्दा जसजसका भग्नावशेष भेटिएका छैनन् ती सबै मिथक हुन्। मिथकका पछि लागेर पार लाग्न सकिँदैन सर !’

अभिभावकलाई चिठी

तपाई केटाकेटी न हो भनी उनीहरूको कुरालाई वास्ता नगर्न सक्नु हुन्छ । तर, बुझ्नुहोस् आमा वा बुबालाई के भइरहेको छ भनेर चिन्ता लागेको छ भने छोराछोरीले त्यो कुरा थाहा पाउन सक्छन्। बालबालिकाहरू अभिभावक सधैं साँचो र इमानदार भएको हेर्न चाहान्छन्। तपाईका लागि पहिलो टिप्स भनेकोे उनीहरूसँग कुराकानी गर्नुहोस्, यी आइपरेका घटनाको विवरण उनीहरूलाई सुनाउनुहोस्, कसरी सामना गर्न सकिएला भन्ने विषयमा उनीहरूसँग छलफल गर्नुहोस् । यस्ता छलफल गर्ने बानीले उनीहरूलाई भविष्यमा आइपर्ने दुःखकष्टको सामना गर्न मद्धत गर्ने सीपहरूको विकास गरिदिन्छ।

लगनशील भाइबैनी

आजभोलि उनीहरू सुदूर पश्चिम क्षेत्रबाट राष्ट्रिय रूपमा नै प्रतिनिधित्व गरिरहेका छन् । विद्यालय स्तरभन्दा माथि पढाइ अगाडि बढाउन नसके पनि खेलकुदको माध्यमबाट आफूलाई चिनाइरहेका छन्। लगन र परिश्रमले गर्दा उनीहरू सफल भएका छन्।

सदैव एकनास कुरा हुँदैन कोठाभित्र

बिगार्नुस् सपार्नुस् जिन्दगी मनको विश्वास हो, कस्ले भन्छ धारिलो छुरा हुँदैन कोठाभित्र।अझैसम्म नि भेटिएन अँध्याराको रहस्य, गरिएको काम अधुरा हुँदैन कोठाभित्र।सबै वातावरण खुला मैदानमै बन्ने हो, पर्दा हाल्दैमा काम पूरा हुँदैन कोठाभित्र।

सत्ताको भोक

भोका जनलाई लात हानी थाली खान खोज्छ अब, नेतृत्वले मस्ती गर्दै ताली खान खोज्छ अब। जनलाई लात हानी जनकै थाली खोस्न खोज्दा, जनताले आफ्ना लागि असल माली खोज्छ अब।

महामहिमको यात्रा

म नतमस्तक भएर हिडें। अलिपर पुगेपछि अर्को मूल सडकमा फोहोरको डङ्गुर देखेँ। हिलो, धुलो, खाल्डो जताततै थिए। जित्ने मनसायले मैले फेरिबोर्डलाई सोधें– ‘यो सडक त डम्पिङ साइट भएछ, के धाक लाउँछौ काम गरेँ भनेर ?’बोर्डले सगौरव जवाफ दियो–‘कस्टो मान्छे रहेछ ? यो बाटोमा महामहिमले यात्रा गर्नु हुन्न भनेर ठाहा छैन टिमीलाई ?’

उपवास

निर्णयपछि बुढी आमै महिनाको पन्ध्र दिन एउटा छोराको घरमा र बाँकी पन्ध्र दिन अर्को छोराको घरमा बस्न थालिन् । तर, कहिलेकाँही कुनै महिना एकतीस दिनको पर्दा दुवै छोराको बिचमा आमाको खानपिनका सम्बन्धमा चर्काचर्की पर्दथ्यो।

अन्नको सराप लाग्ला !

हामी नेवारीमा कुरा गर्दै थियौं । बाजेले ‘के भयो साहु’ भन्नुभयो । बुबाले केही होइन बाजे यसलाई अन्न फाल्नु हुन्न भनेर सम्झाउँदै छु। बाजेले थप्नुभयो, ‘हो नि बाबु, हामीले काम गर्ने त्यही अन्न कमाउन हो। तिमी र तिम्रो बा पनि त्यही कमाइका लागि पनौतीदेखि यति टाढा आएका होइनौ ?’ बुबाको र ती बाजेको कुरा सुनेर मनमा चसक्क चस्का पस्यो । कति गहन कुरा छ। संसारमा मान्छेहरू भोकभोकै मर्छन् । हामी खाने कुरा बेहिसाब फाल्छौं । खाना फाल्नुहुन्न भन्ने कुरा मैले त्यहाँबाट जानें । कलिलो दिमागमा परेको त्यो छाप अमिट भएर मनमस्तिष्कमा अहिले पनि बसेको छ। बूढापाकाहरूले अन्न फाल्नु हुन्न। अन्नले सराप्छ भनेर त्यसै भनेको होइन रहेछ । त्यो भनाइको रहस्य अहिले बुझ्दै म । ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मूढाको’ भन्ने उखान त्यसै चलेको कहाँ हो र?

मृत्यु उत्सव

एकदम खुसीयाली। सबैका मुहार उज्यालो। सबै विजयी भावमा, प्रफुल्ल। अचानक पुगेको ऊ छक्क परयो। ‘हैन सबै एकदमै प्रसन्न हुनुहुन्छ त, के भो हँ, केको खुसीयाली हो ? खुसखबरी सुनाउनुस् न’ उसले भन्यो। यत्तिकैमा एउटाले लड्डू सहितको किस्ती अघि सार्दै भन्यो, ‘ल मुख मीठो गर्नुस् ।’

अब संकटकाल लगाउनु छ

अब फेरि नमाग्नु अक्सिजन किन्ने पैसा किनकि लगातार चुनाव गराउनु छ नमाग्नु आइसियु र भेन्टिलेटर जे छ त्यसैले काम चलाउनु छ बिरामी भए घरमै बस्नु आफैं निको हुनु किनकि अस्पताल थप्ने पैसाले चुनाव गराउनु छ।

कोइली र काग

कोइलीले आफ्नो घर बनाउन नसकेको थाहा पाएर सबै चराहरू हाँसे। कोइलीले लाजले शिर झुकाएर बसिरह्यो । आफूले सधैं कागको गुँडमा फुल पार्ने गरेको, आफ्ना बच्चाहरू कागले नै कोरल्ने गरेको कुरा पनि बतायो । कोइली असाध्य अल्छी स्वभावको तर चतुर थियो ।यतिबेलासम्म कागलाई थाहै रहेनछ, आफ्नो गुँडमा कोइलीको बच्चा हुर्कने गरेको कुरा । काग र कोइलीको फुल पनि उस्तै हुने र बचेरा पनि उस्तै रङका हुने हुँदा कागले पत्तो पाउन नसकेको हो । यति कुरा थाहा पाइसकेपछि काग र कोइलीबीच भनाभन सुरु भयो। भनाभनले नपुगेर हातै हालाहाल गर्न तम्सिए।

गुरु दक्षिणा

धूमिल चित्रहरू बिरामीको आँखाभरि आउँदैजाँदै गर्न थाल्यो। एसएलसी पढ्दा टुयुसन फि तिर्न नसक्दा सिजन अनुसार खेतबारीमा फलेका आलु, धान, मकै बोकेर आउँथ्यो मेरो घरमा समीर। म उसलाई यस्ता चिज बोकेर नआऊ भन्थे। ए डराउँदै अप्ठेरो मान्दै भन्थ्यो।

के नै रहेछ त जिन्दगी

प्रकृतिलाई जिस्कायौं हामीले र त हरेक दोस्रो मानिससँग भाग्नुपरेको छ भयो, पुग्यो अब माफ गरिदेऊ, चितायौं हामीले पुनः साधारण जीवन बाँच्नु परेको छ पुनः साधारण जीवन बाँच्नु परेको छ।

चतुर खेलाडीहरू

मूर्खहरूको ताली पिटाइले रंगशाला गुञ्जायमान छ म विवश नेपालीको वीरता र स्वाभिमानको रक्तरञ्जित इतिहास पढिरहेकी छु अनवरत पढिरहेकी छु।

सैनिक पत्नी

टिभीको समाचारहरू सधैं तनाव बोकेर आउँछ्न् मेरा लागि सायद यो हजुरको मनोरञ्जनको साधन हो मेरा लागि एउटा त्रास फैलाउने यन्त्र बनिदिन्छ मेरा सपनाहरू छरस्पस्ट पारिदिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्