२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सदैव एकनास कुरा हुँदैन कोठाभित्र

गजल

प्रकाश घायल

 

सदैव एकनास कुरा हुँदैन कोठाभित्र,  

अचम्म ! नचुकेका चुरा हुँदैन कोठाभित्र।

 

अनेक चिज  खानुस् पिउनुस् दुनियाँमा,  

मातिन्छ मान्छे तर सुरा हुँदैन कोठाभित्र।

 

बिगार्नुस् सपार्नुस् जिन्दगी मनको विश्वास हो,

कस्ले भन्छ धारिलो  छुरा हुँदैन कोठाभित्र।

 

अझैसम्म नि भेटिएन अँध्याराको रहस्य,  

गरिएको  काम अधुरा हुँदैन कोठाभित्र।

 

सबै वातावरण खुला मैदानमै बन्ने हो,  

पर्दा हाल्दैमा काम पूरा हुँदैन कोठाभित्र।

 

             २) 

समथरमा जे हुन्छ टाँकुरामा हुँदैन,  

यत्तिकै  दम  सधैं  पाखुरामा हुँदैन।

 

बुद्धि खियाऊ  बल हैन जिउनलाई,

खुकुरीको जस्तो चोट छुरामा हुँदैन।

 

आश्वासन हैन विकास पो खोजेको ,

काममा हुन्छ  विश्वास कुरामा हुँदैन।

 

पसिनाको फलले जति मिल्छ सन्तुष्टि,  

त्यस्तो सन्तुष्टि त कुनै सुरामा हुँदैन।

प्रकाशित: ९ जेष्ठ २०७८ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App