२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

चरी

कविता

देविस अर्याल 

 

तिमी  पिँजडामा थुनिएको पनि    

धेरै भएको छैन,

बनका चरीजस्तै 

उड्न र कराउन मन छ होला  

तर, 

कहाँ सजिलो छ र ?

गुड बनाउन, बच्चा पाल्न,

चारा खोज्न, घामपानीबाट बच्न

अझै

कति खतरा छ,

सिकारीबाट बच्न,

बन्धन र स्वतन्त्र हुनुमा 

आआफ्नै कथा छ व्यथा छ प्रिय

पखेटा  र ठुँडो  काट्टिएका,

चरीहरूको पनि त आफ्नै कथा छ

न उड्न सक्छन् न थुनिन

यी तीन कथाको बुझाइ नै

जिन्दगी हो प्रिय।

प्रकाशित: १३ जेष्ठ २०७८ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App