१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

प्लस–टुको रिजल्ट पर्खन एमबिबिएस, बिडिएसको परीक्षा स्थगित

कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ।

एमबिबिएसका विद्यार्थीसँगै चिकित्सक पनि दुर्व्यसनमा

मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन्। चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ। डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन्।

लागुऔषधसहित विद्यार्थी पक्राउ

एक भारतीय विद्यार्थी लागू औषधसहित रौतहटमा पक्राउ परेका छन्। भारतको बैंगलोरमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत बिहारका घोडासहन बनकटवा निवासी २६ वर्षी महम्मद कलिमुल्ला र सोही गाउँका २२ वर्षीय हैदर अलिलाई रौतहट प्रहरीले मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो।

मन्त्रिपरिषद्को निर्णय ‘हचुवा’

शैक्षिक वर्ष २०७५⁄७६ मा एमबिबिएस र बिडिएस शुल्क सम्बन्धमा मन्त्रिपरिषद्ले हचुवाका भरमा निर्णय गरेको पाइएको छ। मन्त्रिपरिषद्ले असोज २६ गते जिल्ला प्रशासन कार्यालयलाई विद्यार्थीसँग सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजलाई छानबिन गरी कारबाही गर्नू भनी गरेको निर्णय हचुवाका भरमा भएको पाइएको हो।

प्रवेश परीक्षा प्रावधान अदालतबाट सदर

उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले एमबिबिएस र बिडिएस तहमा भर्ना हुन विदेशी विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने सर्तलाई सदर गरेको छ।

एमबिबिएस भर्नामा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीद्वारा विरोध

एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन्।

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन १६ लाख

चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउन नेपाली र भारतीय गिरोहले प्रतिविद्यार्थी १६ लाख रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। शनिबार काठमाडौंमा सञ्चालित प्रवेश परीक्षामा सहभागी विद्यार्थीलाई उत्तीर्ण गराउन नेपाली र भारतीय गिरोहले आधुनिक उपकरण दिएर चिट चोराउँदै गर्दा ४ विद्यार्थीसहित १६ जना पक्राउ परेका थिए।

केयूले लत्यायो सरकारी निर्णय, एमबिबिएसमा १२ लाख बढी शुल्क

सरकारले एक वर्षअघि तोकेको सीमा लत्याउँदै काठमाडांै विश्वविद्यालय (केयू) ले एमबिबिएस तहका लागि कलेजपिच्छे फरकफरक हुनेगरी ५० लाख रुपैयाँसम्म शुल्क तोकेको छ । गत वर्ष मंसिर १९ गते मन्त्रिपरिषद्ले प्रत्येक दुई वर्षमा पुनरवलोकन गर्नेगरी काठमाडौंभित्र ३५ लाख र काठमाडौंबाहिर ३८ लाख शुल्क तोकेको थियो । यो वर्ष सोही शुल्क लागू हुनुपर्ने हो ।

एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल

नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ ।

एमबिबिएस अध्ययरत एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला

भक्तपुरको दुवाकोटस्थित एक कलेजमा अध्ययनरत भारतीय एक विद्यार्थीकाे शव झुण्डिएकाे अवश्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ।

एमबिबिएस प्रवेश परीक्षा नतिजामा 'गडबडी'

बाराका सुमन पटेलले एमबिबिएस पढ्न पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा नाम निस्केपछि खुसी भएर परिवारले नै भोज गरे। निकै मिहिनेत र परिश्रमको परिणामास्वरुप प्रतिष्ठानमा एमबिबिएस पढ्न नाम निकालेपछि साथीभाइ र छिमेकी परिवारमा उनले साटेको खुसियाली तीन दिनपछि दुःखमा बदलियो।  यो दुःख सुमनको कारणले होइन,  प्रतिष्ठानको  लापारबाहीका कारण आएको हो।

एमबिबिएस शुल्क साढे ३८ लाख

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस र बिडिएस अध्ययन शुल्क तोकेको छ। आइओएमले मेडिकलतर्फ नयाँ भर्ना हुने विद्यार्थीबाट उपत्यकाका कलेजले ३५ लाख र उपत्यका बाहिरका कलेजले ३८ लाख ५० हजार रुपैयाँसम्म शुल्क लिनसक्ने सीमा तोकेको हो।

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्