१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रोकिएको कांग्रेस अधिवेशन सुरु

क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा रोकिएको नेपाली कांग्रेसका तल्लो तहका अधिवेशन शनिबारबाट सुरु भएको छ। प्रदेश नम्बर २ को सर्लाही, पर्सा र रसुवाबाहेकका जिल्लामा शनिबार वडा अधिवेशन सुरु भएको हो। १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन सुरु भएका अन्य जिल्लाको पनि प्रक्रिया रोकिएको थियो।

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडेलको योजना छ।

कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज

नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो।

अन्योलबीच कांग्रेस अधिवेशन आजबाट

संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा सहमतिमै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका छन् ।

क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ। क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ।

क्रियाशील सदस्यतामै अलमलियो कांग्रेस

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताबीच बुधबार भएको छलफलमा २/३ दिनभित्र विवाद समाधान गर्ने सहमति भएको छ। तर संगठन समायोजनका नाममा संस्थापन पक्षले जथाभावी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेपछि समस्या समाधान असहज देखिएको छ।

ठूला नेताकै जिल्लामा सदस्यता विवाद

आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गर्दै कांग्रेसले यही असार ३० गतेभित्र सदस्यता टुंगो लगाई सभापति शेरबहादुर देउवाको हस्ताक्षर सकेर निर्वाचन समितिलाई दिने निर्णय गरेको छ। तर उक्त दिन आउन दुई साता मात्र बाँकी रहँदा कांग्रेसले सदस्यता छानबिनको मापदण्ड नै तय गर्न सकेको छैन।

नेपाली काँग्रेस डोल्पामा क्रियासिल सदस्यता विवाद चरमोत्कर्ष

नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट डोल्पामा क्रियासिल सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा तीन सदस्यीय टोली डोल्पा पुगेको छ। सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य घिमिरेसहित यागेन्द्र चौधरी र कल्याण गुरुगको टोली आइतवार डोल्पा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्