२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बिहानी

सूर्य निस्क्यो मेटायो अँध्यारो, हेर बाबुनानी हो भयो उज्यालो। सुत्नु हुन्न धेरै उठ है सबेर, सुन्दर समय फाल्नु हुन्न खेर। आलस्य र अल्छीपनालाई हटाई,रिसराग र घमण्ड टुटाई।

वर्षौंदेखि सपनाको बेहुला–बेहुली बनिरह्यौं

शब्दहरू रित्तिएर, बोली हराएको मान्छे म। हिजैसँग लुटिमाग्दा, भोलि हराएको मान्छे म। विश्वासको खडेरीले धाँजा फाट्यो मनहरूमा। वाचाहरूको ठेली बोक्ने झोली हराएको मान्छे म। वर्षौंदेखि सपनाको बेहुला–बेहुली बनिरह्यौं मिर्मिरेमा बेहुली बोक्ने डोली हराएको मान्छे म।

सपना

सपना, हो सपना हो ऊ ! यो धर्तीमा जन्म लिएर आउनु पनि सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ उसलाई। आफ्नो नाम र जीवन उस्तैउस्तै। कुन कलमले कुन कापीमा के लेखौ भनेर दोधारमा परिरहँदा सबै कलम तँछाडमछाड गर्दै ‘पहिले मेरो कथा लेखिदेऊ, हैन पहिले मेरो कथा लेखिदेऊ’ भन्दै जिस्काएजस्तो। कापीहरू डराएर टाढाटाढा भाग्न खोजेझैं लाग्छ। व्यथा पोखेर ‘मलाई नच्यातिदेऊ’ भनेझैं लाग्छ।

लिने बानी

यी फुच्चाफुच्चीलाई समयमा ठिक पार। सिङ उम्रेपछि टाउकोमा टेक्छन्। बुज्रुक्क आफन्तले निशुल्क अर्ती दिए। झरेको पात सित्तैमा नपाइने बेलाँ याँमाको उपदेश ! मक्ख नपर्ने कुरै भएन।

लेख्छु भाग्यरेखा

आफ्नो भाग्यरेखा आफैं लेख्छु कर्म र धर्मले, जस्तो जीवन होला भोग्दछु आज म त मर्मले। दुःख नगरी त सुख हुन्न बुझ्छु मूल भाव, सुख दुःख मिलाउने मीठो अलाप्छु राग।

शहरिया साथी

हो, तीन कक्षा पढ्दापढ्दै हामीसंग छुट्टिएर बाबुआमासंगै शहर पसेको हाम्रो दश बर्से मिल्ने साथी आएको खबर पाएका थियौं। होस सम्हालेदेखि आठ वर्षको उमेरसम्म संगै पढ्यौ,खेल्यौं र रमायौं। हामीबिना ऊ अधुरो, ऊबिना हामी अधुरो, छुट्टिने बेलामा गहभरि आँसु गर्दै बिदाइ भएको थियो ऊ।

चप्पल

घाटमा लास लैजाने तयारी हुँदै गर्दा मै हुँ भन्ने ८/ १० जनाको टोली आएर काकाको लासमाथि पार्टीको झन्डा ओढाउँदै सल्युट ठोक्न थाले। त्यो लासमाथि गरेको राजनीति अनि चप्पलकै कारण मर्न बाध्य बनाएकाले लासमाथि गरेको सल्युट देख्दा मलाई गोतामे काकाको दुई जोर आँखाले टुलुटुलु हेरिरहें।

समय

‘केही न केही खोट दुनियाँ लगाइहाल्छ जति नै धुमधाम गरे पनि त्यो जाबो दाइजो खिया लागेर र मक्किएर गइहाल्छ तर दिदी घरमा व्यवहारले कहिले पनि खिया लाग्न नदिने म प्रयास गर्नेछु।’ मलिनो स्वरमा मैले भनें।

सन्तुष्टि

भगवानप्रति आस्थावान् र इमानको पुजारी उसमा एकदिन अनौठो चाहना जाग्यो भगवानलाई भेटेर कुराकानी गर्ने। योजना अनुसार भोलिपल्ट ऊ भगवानको खोजीमा लाग्यो।

नयन कस्ता चिम्म नगर्ने स्वयम्भू जस्ता

अर्कैको भई जित्ने र हार्ने जोईकी पोइ ? ताली र गाली थाप्दैछन् थाली रजौटे माली। बिउ त कुह्यो काफल पाक्यो चाट्यो कि थुक्यो। ढुङ्गामा जरा बढ्दैन वृक्ष न नाच चरा।

संस्कृतिको प्रतिबिम्ब नियाल्दा

हिन्दूस्तानी भिमकाय ऐनाभित्र गोर्खाली पहिचानको रङ्ग खोज्दै हाम्रा बाजेबोज्युहरूले यहाँका चियाबारीको हरियाली छायामा संस्कृतिको प्रतिबिम्ब नियाल्दै आफ्नै अस्तित्व र पहिचान खोज्दाखोज्दै युगले फड्को मारिसकेछ।

खोप

‘लोकतान्त्रिक पद्धतिमा सरकार त फेरिइरहन्छन् तर हामी स्थायी सरकारको संज्ञा पाएका मान्छे कतैतिर झुकाव राखेर कार्य गर्नुहुन्न । यही हाम्रो कर्म र धर्म हो।’ उनले आफ्नो सिद्धान्तको रट लगाइन्।

राष्ट्रकविको सम्झना

पत्नीको वियोग आँसुमा झारी सुनौला पानामा। गौरीको शोक घरघरै पुग्यो विरही गानामा।। छोरी थे दुई तिनलाई दिएँ आमाको ममता। अचम्म लाग्थ्यो देखेर उनको लेखनी क्षमता।।

हाँसेको थियो मन

मनको आकाश खुला थियो, छेक्ने थिएन केही,हाँसेको थियो यो मन सधैं, चिन्ता थिएन केही।बादल थिएन आकाशमा, घाम लागेको थियो, प्रकृतिको सौन्दर्य झन् , बढ्दै गाको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्