रमेशजंग सिजापति
आफ्नो भाग्यरेखा आफैं लेख्छु कर्म र धर्मले,
जस्तो जीवन होला भोग्दछु आज म त मर्मले।
दुःख नगरी त सुख हुन्न बुझ्छु मूल भाव,
सुख दुःख मिलाउने मीठो अलाप्छु राग।
मिलाउन गाह्रो सुर – ताल रहेछ जीवनको,
सार्थक पार्न एक मन्त्र जप्छु श्री भगवानको।
कर्म र धर्मले नै लेख्नुछ आफ्नो भाग्यरेखा,
भगवान् गर्नु होला भोलि जसको लेखाजोखा।
दुःख –सुख आफ्नै कामकाजले छ जगजाहेर,
कहाँ मिल्छ त्यसै कर्म विना सुख त चाहेर।
जीवन मीठो कर्म धर्मले राख्छु मूल भाव,
मिलेदेखि त सुर र ताल अलाप्थे सुखी राग।
प्रकाशित: ३१ श्रावण २०७८ ०६:१७ आइतबार