१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

लिने बानी

लघुकथा

छायादत्त न्यौपाने

 

यी फुच्चाफुच्चीलाई समयमा ठिक पार। सिङ उम्रेपछि टाउकोमा टेक्छन्। बुज्रुक्क आफन्तले निशुल्क अर्ती दिए। झरेको पात सित्तैमा नपाइने बेलाँ याँमाको उपदेश ! मक्ख नपर्ने कुरै भएन।

मनमा बडप्पन हुर्कदै थियो। छोरा धनेशले प..रको साथीसँग कुन्नि के लिन ला’को देखेँ । मौका गुम्न दिने कुरा आएन– बाबू छोरा ! लिने होइन दिने बानी गर्नुपर्छ । थाहा छ ! लिनेको हात त सधैं तल हुन्छ। भन्न के भ्याएको थिएँ धनेश र मनेश दुवै जिस्किएका अरिङ्गालझै खनिए।

धनेशले– विचारशून्य मस्तिष्कले पाल्ने कपटपूर्ण स्वार्थवश दिने हो ! व्याज खान ऋण दिनेलाई देख्नुभा’छ? हेर्नुस् त दिनेले लिनेलाई कति छक्याउँछ ? मन थिचिरहन्छ,शिर अचानु बनाउँछ, ओठमा टालो हाल्छ , सिङ्गै जीवन रछानमा मिल्काउँछ। केके भन्यो–भन्यो नबिसाई एकैसासमा।

अब त चुप लाग्ला भनेको मनेश कस्सियो – नपत्याए तिमीविना एकछिन बस्न सक्तिनँ। खुत्रुक्कै हुन्छु भनेर बिहे गरेपछि तीन महिनामा उत्तर दक्षिण फर्किने श्रीमान् , श्रीमती र भोट दिएर चुनाव जिताएका नेतासँग सोध्नु त ! के ती जनतालाई सेवा दिन चाहन्छन् र?  यस्तै हो दिने कुरा, चुनाव जित्न मासुभात...छलछाम खेती !

– कति कुरा जानेका ! हो, माउभन्दा चल्ला बाठा त्यसै भनेका होइन रहेछन् पुर्खाले। फुच्चाफुच्ची भनेर हेप्न खोज्दा झटारोले मेरै टाउको सेक्यो। अनुहारभरि चिरचिर पसिना, आँखा  ट्वाल्ल...! सही कुरा नपत्याउने कसरी ..?

प्रकाशित: ३१ श्रावण २०७८ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App