करुणा ढकाल
‘सधैंको धपेडी छ मलाई। एकाबिहानै जुरुक्क उठ्यो। जिम्मेवारीले भरिएको थाप्लोमा फेरि अर्को भारी थप्न नाम्लो खोजेर फेदीको चौतारीमा पुग्यो।’ खुइय्य सुस्केरा हाल्दै गोतामे काका ओरालो लागे।
पराईहरूको भिडमा आफ्नाहरूले उनको खुब मन दुखाए। जिम्मेवारीको गह्रौं भारीले चुट्टिएर तारले अल्झाएको उनको चप्पलको खिल्ली उडाए। मर्नबाहेक कुनै विकल्प नै नहुने गरी उनलाई आत्मग्लानि भयो।अन्ततः गोतामे काकाले आत्महत्या गरिछाडे।
भारी बोक्न बिहानै हिँडेका गोतामे काका घर फर्केनन् भनेर घरमा रुवावासी चल्यो। भोलिपल्ट बिहानै गाउँका केही ठालुले गोतामे काकाको लास लिएर आए।
घाटमा लास लैजाने तयारी हुँदै गर्दा मै हुँ भन्ने ८/ १० जनाको टोली आएर काकाको लासमाथि पार्टीको झन्डा ओढाउँदै सल्युट ठोक्न थाले। त्यो लासमाथि गरेको राजनीति अनि चप्पलकै कारण मर्न बाध्य बनाएकाले लासमाथि गरेको सल्युट देख्दा मलाई गोतामे काकाको दुई जोर आँखाले टुलुटुलु हेरिरहें।
प्रकाशित: ३१ श्रावण २०७८ ०५:०४ आइतबार