१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काँग्रेस कार्यकर्ताको हत्या, झडपमा तीन प्रहरी घाइते

रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

तराई–मधेसमा लैंगिक भ्रूण हत्यास : अव्यक्त पीडाका अकथित कथा

आमाको पेटबाट नजन्मिदै छोरीको भ्रूण अवस्थामै हत्या गर्ने परिपाटी भारतको बिहारसँग जोडिएका तराईका जिल्लामा बढ्न थालेपछि यसका अनेक दुश्प्रभाव देखिन थालेका छन् । ‘२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकले समेत देखाएको लैंगिक असन्तुलनको पृष्ठभूमिमा तराई–मधेसमा सामाजिक स्तर, आमाहरुको स्वास्थ्य र महिलाको समग्र जीवनमा देखिएका असरले विभिन्न खाले खतराको संकेत दिन थालेको छ,’ तराईको जनसंख्यामा लैंगिक असन्तुलनबाट चिन्तित जनसंख्या विज्ञ सुष्मा तिवारी द्विवेदीले भनिन्, ‘तराईको मधेसी समुदायका लागि र समग्रमा समाज र राज्यकै लागि यो गम्भीर विषय हो, यसको सूक्ष्म विश्लेषण गरेर हेर्ने हो भने चिन्तित हुने अवस्था छ ।’

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आफ्नै आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एकजना युवकलाई गिरफ्तार गरेको छ। बुधबार बिहान भरतपुर महानगरपालिका वडा नं. १५ मंगलपुरकी ४० वर्षीया सविता दराईको मृत्यु भएको थियो। उनलाई छोरा आशिष दराईले कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटपछि घाइते भएकी सविताको उपचार हुँदै गर्दा मृत्यु भएको हो।

आत्महत्या नरोकिएपछि कोरियामा ‘डब्लुपिएस’को खोजी

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेका कामदारले आत्महत्या गर्ने र अन्य समस्यामा पर्ने घटना बढेपछि इपिएसको विकल्प खोजिनुपर्ने आवाज उठेको छ ।

कोरियामा आत्महत्या : डिप्रेसन प्रमुख कारण

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ। आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ।

सशस्त्र प्रहरी जवान हत्या आरोपमा दुई युवतीसहित ६ पक्राउ

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाइजो नल्याएको भन्दै दिल्लीमा जिउँदै जलाएर युवतीको हत्या

भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिले आफ्नी पत्नीको जिउँदै जलाएर हत्या गरेका छन्। छिमेकी एवं प्रहरीले पीडित महिलालाई अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनको मृतयु भयो। मृत्यु अघि २४ वर्षीया परिवन्दर कौरले प्रहरी समक्ष बयान दिएको बताइएको छ। प्रहरीले आरोपी गुरुचरण नाम गरेका पतिलाई पक्राउ गरेको छ।

प्रधानमन्त्री हत्याको षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ।

तीन महिला हत्या प्रकरण : छ महिना बित्दा पनि दोषी पत्ता लागेन

होटलमा काम गर्दैआएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ छ महिनाअघि खोटेहाङ गाउँपालिका-८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परिन्। सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव २०७३ साल माघ २६ गते बुधबार बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो।

नवजात शिशु हत्याको आशंकामा प्रिन्सिपल र शिक्षिका पक्राउ

भोजपुरमा नवजात शिशु हत्या गरेको आशंकामा एक निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय कृष्ण राई र घोडेटारकै २६ वर्षिया रमिता राईलाई भर्खरै जन्मेको बच्चा मारेको आशंकामा घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

२७ तोला सुनका लागि हत्या गर्ने पक्राउ

गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

१४ वर्षे बालिकाको बलात्कारपछि हत्या

जनकपुर –१, मुसहर बस्तीकी १४ वर्षीया एक बालिकालाई घरमै डेरा गरी बस्ने को ३५ वर्षीय पुरुषले हत्या गरेका छन्।

एम-१६ हतियारबाट गोली हानेर सहकर्मीको हत्या

फेवाताल किनारको रत्नमन्दिर सुरक्षार्थ खटिएका सेनाले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन्। दार्चुला घर भइ रत्नमन्दिरमा कार्यरत प्युठ बसन्त लोहारले बैतडीका गणेशसिंह विष्टको गोली हानी हत्या गरेका हुन्।

कञ्चनपुरमा विद्यार्थीको हत्या

कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्